ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लामिछानेको दोहोरो अभिव्यक्ति


एबीसी न्यूज
१६ बैशाख २०८०, शनिबार   ७ : ३४   बजे

काठमाडौं, १६ बैशाख ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताएका छन्।

गृहमन्त्री छँदा फरार सांसद कोइरी कहाँ छन् भन्ने सम्बन्धमा कुनै जानकारी नभएको बताएका उनले सांसदका रूपमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भने यसबारे आफूलाई गृहमन्त्री छँदा नै थाहा भएको बताए। बैठकमा उनले भने, ‘यो मेरा लागि पेचिलो विषय हो। यसै विषयलाई लिएर मैले आलोचना खेपेको छु। उहाँ ९लक्ष्मी कोइरी० बिरामी हैन, फरार अभियुक्त हो। फरार रहँदा उहाँलाई उहाँकै सालाले भगाएको र त्यहाँ (भारत) को प्रहरीले नियन्त्रणमा लिएको तस्बिर मसँग छ।’
तर लामिछानेले माघ ५ गते गृहमन्त्रीका रूपमा प्रतिनिधिसभा बैठकमा भनेका थिए, ‘म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक इन्च पनि बाहिर निस्किँदैन। म यहाँहरूलाई र यो सम्मानित संसद्लाई यसको ग्यारेन्टी दिन चाहन्छु। त्यसको एउटा प्रक्रिया छ, त्यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नु हुने छैन भन्ने कुराको जानकारी यसअगाडि पनि सम्मानित संसद्मा गराइसकेको छु।’

लामिछानेले शुक्रबार भने कोइरीका विषयमा आफूलाई पहिला नै जानकारी रहेको दाबी गरे। उनले आफू गृहमन्त्री रहेका बेला अभियुक्तका रूपमा कोइरीको खोजी गर्दा उनी बिरामी नभई फरार अवस्थामै भारत पुगेको बताए।

उनले भने, ‘उहाँ बिरामी हैन, फरार अभियुक्त हो। उहाँ भाग्नुभएको अभियुक्त हो।’ उनले भारतबाट कोइरीको साला पर्नेले आफूलाई मोबाइलमा तस्बिर समेत पठाएको बताए। ‘मसँग उहाँ भागेर जानुभएको ठाउँ, त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको तस्बिरसहित छ,’ उनले भने, ‘सम्बन्धित ठाउँमा म तस्बिर उपलब्ध गराउन सक्छु। मैले यसलाई सार्वजनिक गर्न मिल्दैन।’
संसद् बैठकमै लामिछानेले फरार अभियुक्तलाई बिरामी भनेर लोकतन्त्रको भद्दा मजाक नगर्न आग्रह गरे। उनले भने, ‘यो हास्यास्पद शृंखला बन्द गर्नुपर्छ। अब नयाँ पुस्ता पनि राजनीतिमा आएको छ। यसकारण राजनीतिका नाममा लाजनीति कमसेकम यो संसद्मा नचलोस्।’

लामिछानेले अहिले दिएको अभिव्यक्तिसँग गृहमन्त्री छँदाको अभिव्यक्ति बाझिएको देखिन्छ। लामिछाने गृहमन्त्री भएकै बेला फरार सांसद कोइरी पटकपटक संसद् बैठकमा उपस्थित भएका थिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुस २६ गते विश्वासको मतसमेत दिएका थिए। लामिछाने गृहमन्त्री भएका बेला कोइरीलाई पक्राउ नगरेको विषयमा चर्को आलोचना भएको थियो।

उक्त आलोचना पन्छाउन उनले ‘कोइरी फरार रहेको, प्रहरीले खोजी गरिरहेको’ भन्ने प्रतिक्रिया दिएका थिए। यस्तै सञ्चारकर्मीले गरेको एक सवाल–जवाफमा उनले ‘कोइरी कहाँ छन्रु भन्ने थाहा नभएकैले पक्राउ नपरेको’ भन्दै ‘थाहा भए सूचना दिनुस्, तत्कालै पक्राउ गर्छौं’ भनेका थिए।
माघ ५ गते सभामुखको निर्वाचन हुँदा पनि फरार भनिएका कोइरी प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिए। त्यहीं बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउँदै तत्कालीन गृहमन्त्री लामिछानेमाथि कटाक्ष गरेका थिए। त्यसपछि लामिछाने झन् आलोचना भयो।

आलोचनाको प्रतिरक्षास्वरूप गृह मन्त्रालयले माघ ६ गते एक विज्ञप्ति जारी गर्‍यो। जसमा गृहमन्त्री लामिछानेले पटकपटक कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन प्रहरीले कार्यान्वयन नगरेको भन्ने आशय थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu