ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त


ABC NEWS
२ जेष्ठ २०८०, मंगलबार   १० : ०४   बजे

धनगढी २ जेठ । भारतबाट सामान ल्याएर आउनेहरुलाई प्रहरीले जाँच गर्दा कञ्चनपुरमा तनाव सृजना भएको छ।

भन्सार छलि गरी ल्याइरहेको सामान जाँच गर्दा पश्चिमी सीमा नाका गड्डाचौकी नजिक सुकासाल क्षेत्रमा विवादले उग्ररुप लिएपछि भएपछि प्रहरीमाथि आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भारतबाट सामान ल्याउनेहरुले जाँचका क्रममा विवाद भएपछि सुकासालस्थित अस्थायी प्रहरी बिट ढालेका छन्।

सुकासालस्थित अस्थायी प्रहरी बिटबाट जाँचमा खटिएका प्रहरीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले जानकारी दिए।

उनका अनुसार सो क्रममा ४ जना प्रहरी घाइते भएका छन्। घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सीमावर्ती भारतीय बजार बनबासाबाट सामान बोकेर जीविकोपार्जन गर्नेहरुले भन्सार, सशस्त्र प्रहरीले जाँच गरेपछि सुकासाल क्षेत्रमा फेरि प्रहरीले जाँच गरेर अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन्।

यही विषयमा बनबासाबाट सामान क्यारिङ्ग गर्नेहरुको सुकासालमा प्रहरीसँग विवाद भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group