ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोएर उपचारका गर्ने भन्दै ठगी गर्ने कथित ज्योतिषी सिमान्तको कार्यक्रम प्रतिवन्धित


ABC NEWS
८ जेष्ठ २०८०, सोमबार   १२ : ४६   बजे

दाङ ८ जेठ । अलौकिक मनोवैज्ञानिक उपचारका नाममा ठगी गर्दै हिँड्ने कथित ज्योतिषी सिमान्त केसीद्वारा तुलसीपुरमा आयोजना गरिएको ४ दिने कार्यक्रमलाई प्रहरीले रोक लगाएको छ । दाङ लगायत छिमेकी जिल्लाबाट ३ सय बढी मानिस जम्मा गरेर आइतबार बिहानैदेखि तुलसीपुर उपमहानगरपालिका–६ स्थित त्रिसिद्धेश्वरी मन्दिरमा भेटघाट गरिरहेका बेला प्रहरीले त्यस्तो कार्यक्रममा रोक लगाएको हो ।

हात, अनुहार हेरेर, शरीर छामेर रोग निको पार्ने भन्दै भ्रम फैलाइएको पाइएपछि उक्त काममा रोक लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले बताए ।

‘प्रतिव्यक्ति एक हजार रुपैयाँ उठाएर उपचार गर्ने गलत प्रचारप्रसार गरिएको पाइएपछि त्यस्तो भेटघाट र कथित उपचारलाई रोकिएको हो,’ उनले भने, ‘उपचारका लागि भन्दै सल्यान, रोल्पा र बाँकेबाट समेत मानिस आएका थिए ।’ कतिपय अघिल्लो दिन नै तुलसीपुरमा आएर होटलमा बसेको पाइएको छ ।

उनीहरूले आइतबारदेखि चार दिनसम्म कार्यक्रम गर्ने तयारी गरिरहेका बेला रोकिदिएको डिएसपी मल्लले बताए । ‘मानिस अनावश्यक भ्रमको पछि लागेको देखियो । जति खर्च गर्दा पनि रोग निको भएको छैन, हात हेरेर उपचार हुन्छ भने किन नगर्ने भन्ने मानिस भेटिए,’ उनले भने, ‘यसरी समाजमा गलत भ्रम फैलाउन पाइँदैन । मानिसमा पनि चेतनाको कमी भयो । अहिलेको जमानामा हेरेका भरमा उपचार कसरी हुन्छ रु’

प्रशासनको अनुमति नलिएर उपचारका नाममा मानिसको भीडभाड गरेको पाइएपछि उक्त कार्यक्रममा रोक लगाएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी राजनकुमार गौतमले बताए । ‘प्रशासनलाई कुनै पनि जानकारी नदिएर मानिसको भीड गरेको देखियो,’ उनले भने, ‘उपचारका नाममा अनावश्यक भ्रम फैलाउने गरेको पाइएको छ । त्यसलाई हामीले रोकेका छौं ।’

प्रशासनको अनुमति नलिएर गलत काम गर्न थालेको पाइएपछि रोकेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । मानिसलाई भ्रममा पारेर उपचारको हल्ला फैलाइएको पाइएपछि रोक्न आदेश दिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group