ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीलाई योगेशको प्रश्न : डेकेन्द्र–वीरेन्द्र–ज्ञानेन्द्र खड्कालगायतका दर्जनौ पत्रकारको हत्या बनमान्छेले गरेको कि कसले ?


ABC NEWS
८ जेष्ठ २०८०, सोमबार   ५ : ५७   बजे

काठमाडौं, ८ जेठ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा आफूले काँग्रेसलाई जनयुद्ध स्विकारेको हो भनेर सोधेको प्रश्नमा माओवादी नेता देवेन्द्र पौडेलले उत्तर दिएकोमा आपत्ती जनाएका छन् ।

भट्टराईले सोधेको प्रश्नमा नेकपा माओवादी केन्द्रमा देवेन्द्र पौडेलले जवाफ दिएका थिए । तर भट्टराईले माओवादीले गरेका ११ वटा जघन्य अपराधहरु उठाएर आँखा जुधाएर बहस गर्न आउन चुनौती दिएका छन् । नेपालको संविधान शेयर गर्दै भट्टराईले फेसबुकमा लेखेका छन् ः ‘आँखा जुधाएर मात्र होइन मित्र,तपाईंहरुका कारण ज्यान जोखिममा रहेको बेला पनि छाती पिटेर बहस गरेका हौं ।’

भट्टराईले माओवादीलाई गुडिरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापूर्वक हत्या मान्छेले गरेको हो ? भनेर आक्रोश पोखेका छन् । यसैगरी स्वतन्त्रतापूर्वक कलम चलाउने पत्रकार डेकेन्द्र थापा वीरेन्द्र साह,ज्ञोनन्द्र खड्का लगायत दजर्नौं पत्रकारको हत्या बनमान्छेले गरेको हो त महोदय ?

योगेशले माओवादीलाई सोधेका सवालहरु यस्ता छन :

१. गुडीरहेको गाडीमा आगो लगाएर बालिका काजोल खातुनको निर्दयतापुर्बक हत्या मान्छेले गरेको हो ?

२.स्कुलमा पढाईरहेका शिक्षक लमजुङका मुक्तिनाथ अधिकारी, ओखलढुङ्गाका गुरुप्रसाद लुइटेल, स्याङ्जाका गुप्तबहादुर बिक र म्याग्दीका मणीलाल शर्मालाई कक्षा कोठाबाट घिसारेर शरीरका दर्जनौ ठाउँमा किला ठोकी ठोकी हत्या गर्ने काम मान्छेले नै गरेको हो त ?

३.घरमा सुतिरहेका बुद्धिमान पाख्रिनलाई ओछ्यानबाटै घिसारेर सँबेदनशील अंगमा किला ठोकी ठोकी हत्या मान्छेले गर्न सक्छ ?

४.स्वतन्त्रता पुर्वक कमल चलाऊने पत्रकार डेकेन्द्र थापा, विरेन्द्र शाह, ज्ञानेन्द्र खड्का लगायतका दर्जनौ पत्रकारको हत्या बनमान्छेले गरेको हो त महोदय ?

५.यदु गौतम, कृष्ण सापकोटा, नबराज सुबेदी, तिलक पाण्डे, रामहरी श्रेष्ठको हत्या मान्छेले गर्न सक्छ ?

६.हारजङमा घरभित्र सुतिरहेका मानिसहरुलाई आगो लगाएर जिउंदै जलाएर मर्नेकाम के मान्छेले गर्नसक्छ ?

८.यि केही नमुना घट्ना मात्र हुन । लेख्दै जाने हो भने ठुलै ठेली नै बन्छ ।

९.संबिधान निर्माणको समयमा ‘जनयुद्ध’, बहुलबाद लगायतमा भएका बहसको स्मरणहोस ।

१०.संबिधानले के भन्छ त्यो पनि हेरौ ।

११.सरकारको निती तथा कार्यक्रम राष्ट्रको आधिकारिक दस्ताबेज हो जो संबिधान सम्मत हुनुपर्छ ।

१२.पार्टीको दस्तावेजमा के लेख्ने त्यो सम्बन्धित पार्टीको कुरा हो तर सरकारी दस्तावेजमा सार्वजनिक चासो हुन्छ ।

योगेशको ‘जनयुद्ध’माथिको प्रश्नमा देवेन्द्रको जबाफ ‘के को उपलव्धीमा गणतन्त्र आएको हो ?’ योगेश किन माओवादी विरुद्ध झुत्ति खेलिरहेका छन् ?

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

फिफा विश्वकप २०२६ : अर्जेन्टिना अपराजित यात्रा कायम राख्ने लक्ष्यमा, पोर्चुगल–कोलम्बिया भिडन्तमा सबैको नजर

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

हर्मुजको जलडमरूमा फेरि तनाव: कार्गो जहाजमाथि हमलापछि अमेरिका र इरान आमनेसामने

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu