ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अवरोध र असहमतिका कारण संसद बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित


ABC NEWS
१२ जेष्ठ २०८०, शुक्रबार   ७ : ५७   बजे

काठमाडौँ १२ जेठ । प्रतिनिधिसभा बैठक शनिबार ४ बजेसम्मका लागि स्थगित भएको छ । बैठक शनिबार ४ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

शुक्रबारको बैठकमा पशुपतिमा लगाइएको जलहरीको विषयलाई लिएर माओवादीका सांसद लेखनाथ दाहालले प्रश्न उठाएपछि संसदीय मर्यादा नाघेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले संसद्‍ अवरुद्ध पारेका थिए ।

आफ्नो नेता र पार्टीमाथि भ्रष्टाचारको निराधार आरोप लगाएको भन्दै एमालेले बैठक कार्यसूचीमा प्रवेश गर्न दिएन । त्यसपछि सभामुखले ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । उक्त अवधिपछि पनि बैठक संचालन हुन नसकेपछि साँझ ६ बजेका लागि बैठक सारिएको थियो । सांझ ६बजेसम्म पनि एमाले सर्वदलीय सहमतिमा नआएपछि बैडक शनिबा अपरान्हसम्मका लागि ससरेको हो ।
ओलीले पार्टीको एक कार्यक्रम भने, ‘एक जना माओवादी सांसदले रोष्टममा उभिएर बोल्दा कोभिडको औषधिमा २ अर्ब केपी ओलीले खायो । कहाँ गयो त्यो रु पशुपतिमा सुनको जलहरी चलाउँछु भनेर पित्तलको जलहरी चलाएर भ्रष्टाचार गर्यो भनेर बोले ।’

त्यो भनाइ अनुत्तरदायी मात्र होइन, गैर जिम्मेवारको हद भएको उनले बताए । ‘रकम दिएपछि सुन कि पित्तल ट्वाक ट्वाक पार्न गएको थिएँ म रु’ उनले भने, ‘यस्ता यस्ता मान्छेहरु संसदमा पुगेका छन् कि कुनै सामाजिक मर्यादा पनि नबुझ्ने १’

यसलाई लिएर संसद अवरुद्ध भएको भन्दै उनले भने, ‘हुनैपर्छ संसद अवरुद्ध किनभने यस्तो वकवास ‘ एउटा जँड्याहाले जाँड खाएको तालमा पनि यस्तो बोलेर हिंड्दैन ।’

संसद जस्तो गरिमामय ठाउँमा आधारहीन, जनतामा भ्रम पार्ने कुरा गरिएको उनले बताए । उनले भने, ‘कि त पुष्टि हुनुपर्‍यो, पुष्टि हुने त सम्भावनै छैन, नेकपा एमाले, त्यसमा पनि मैले जसले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको छु, त्यही मान्छेविरुद्ध, यो त इमानका शत्रुहरुले गर्ने काम हो ।’

कोही पनि इमानदार छैन भनेर देशप्रतिकै वितृष्णा जगाउनु देशद्रोही काम भएको उनले बताए ।

शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group