ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारका फाइल खोल्दा बधाई भन्ने हो, सरकारलाई दिएको समर्थन फिर्ता लिने होइन : महामन्त्री शर्मा


एबीसी न्यूज
१३ जेष्ठ २०८०, शनिबार   ७ : ३९   बजे

काठमाडौँ — प्रमुख सत्तारुढ घटक कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला बधाई दिनुपर्ने बताएका छन् । तर, सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला समर्थन फिर्ता लिन नहुने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै शर्माले भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्ने बताए । सरकारलाई त्यसमा प्रतिपक्ष र सत्तापक्षले सहयोग गर्नुपर्ने धारणा राखेका हुन् ।

नीति तथा कार्यक्रमको यो शैलीलाई अन्तिम बनाउनु पर्छ । नीति तथा कार्यक्रम चैत महिनामै ल्याउँ । सरकारले ल्याएको नीति तथा कार्यक्रम परिमार्जन गर्ने अवस्थाको सुरुआत गरौं, उनले भने, भ्रष्टाचारको फाइल सरकारले खोलेको बेला बधाई छ सरकार भन्ने समय हो । यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि समर्थन गर्ने बेला हो । यो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला होइन ।

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा आफ्नो पार्टीका नेताहरूलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा फसाउन खोजेको भन्ने अभिव्यक्ति दिएकोमा कांग्रेस महामन्त्रीले विरोध जनाए । ुनक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दलका नेताले निर्दोष फसाउने प्रयास भइरहेको छ भन्ने वाक्य उल्लेख गर्नुभयो । रोष्ट्रममा उभिएर भन्नुभयो । को दोषी र को निर्दोष नेपाल प्रहरीले छानबिन गर्दैछ । हामी न्यायाधीश होइनौं, यहाँबाट फैसला सुनाउनका लागि कि अमूक कोही दोषी हुनुहुन्न निर्दोष हुनुहुन्छ र उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्ति यहाँबाट राखिने कुरामा म विमती प्रकट गर्न चाहन्छु, शर्माले भने, यो समयमा यत्ति भन्ने हो निर्दोष कोही नफसुन्, दोषी कोही नछुटुन् ।

भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै मोलाहिजा गर्न नहुने पनि शर्माको भनाइ थियो । कांग्रेसका नेताहरू विगतमा भ्रष्टाचारमा जेल परेका र अहिले पनि मुद्दा खेपिरहेको शर्माको भनाइ थियो । कांग्रेसका नेताहरू पनि भ्रष्टाचारमा विगतमा जेल पर्नुभएको छ । अहिले पनि मुद्दा सामना गर्दै हुनुहुन्छ तर रोष्ट्रममा उभिएर मुद्दामा परेका कसैलाई पनि न विगतमा निर्दोष भन्यौं न आज भन्छौं,उनले भने, केवल यति भन्छौं, अनुसन्धानको प्रक्रिया र न्यायिक प्रक्रिया प्रभावित गरने गरी कसैले बोल्नु हुन्न । देश हेरिरहेको छ, अनुसन्धान गिरफ्तारी र मुद्दा ।

सांसद शर्माले भ्रष्टाचारविरुद्ध कानुन निर्माण गर्नका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्मरण गराएका थिए । भ्रष्टाचारको छानबिन हुँदै गर्दा कुन कानुनको तहत भइरहेको छ त्यो कानुन निर्माणमा कसले भूमिका खेलेको छ भनेर बुझ्नुपर्ने उनले बताए । राष्ट्रका मूलभूत विषयमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group