ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई मिनेट ढिलो भएपछि बेलायती मन्त्रीले दिए राजीनामा


admin
१८ माघ २०७४, बिहिबार   ८ : २२   बजे

एजेन्सी, १८ माघ । बेलायती संसदको माथिल्लो सदनका सदस्य तथा अन्तर्राष्ट्रिय विकास मामिला सम्बन्धी मन्त्री लर्ड बेट्सले संसदमा आफु ढिलो भएकोमा राजिनामा दिएका छन् । उनले सदनमा ६० सेकेण्ड लगाएर क्षमायाचना गरे र राजिनामाको घोषणा गर्दै संदनबाट बाहिरिए।

‘म इमान्दारिताका साथ व्यारोनेस (सदनकी महिला सदस्य) लिस्टर समक्ष मेरो असिस्टताका लागि क्षमा चाहन्छु, उहाँको अत्यन्तै महत्वपूर्ण प्रश्नको जवाफ दिन आफ्नो ठाउँमा समयमा पुग्न नसकेकोमा,’मन्त्री बेट्सले आफ्ना सहकर्मीसमक्ष उभिदै भने,’ यो ठाउँबाट सरकारका तर्फबाट विगत पाँच वर्षमा सदस्यहरुका प्रश्नको उत्तर दिने सम्मान हासिल गर्दै आएको छु मैले ।’

उनले थपे,’हामीहरुले सरकारका तर्फबाट सदस्यहरुको वैधानिक प्रश्नका उत्तर दिँदा सँधैनै एकअर्काप्रति उच्चस्तरको सम्मान र सिस्टाचार देखाउनु पर्छ भन्ने मान्यता मेरो रहिआएको छ।’

उनी मात्र दुई मिनेट ढिलो भएका थिए। बेट्सले भने,’ म एकदमै लज्जीत छु, आफ्नो स्थानमा हुन नसकेकोमा । त्यसकारण म तत्काल लागू हुने गरी प्रधानमन्त्री समक्ष आफ्नो राजिनामा दिने छु ।

‘म क्षमायाचना गर्छु,’आफ्नो सामान उठाएर सदनबाट बाहिरिनु अघि फेरी उनले भने ।
बेट्सको क्षमायाचनाको प्रसंगले केही सेकेण्डमै राजिनामाको स्वरुप लिएपछि सदनमा उपस्थित सदस्यहरु स्तव्ध भएका थिए।

सदनको सार्वजनिक भएको भिडियोमा अरु सदस्ययहरु आफ्नो स्थानबाटै हुन्‍न हुन्न ।’ भनि कराएको सुनिन्छ । केही सदस्यहरु अविश्वासमा हाँसेको देख्न सकिन्छ । अन्य केही भने उनलाई समातेर सदनभित्र ल्याउने प्रयासमा गरेको देख्न सकिन्छ।

बेट्सको राजिनामा घोषणाकै बीचमा व्यासिल्डोनकी व्यारोनेस स्मिथले भनिन,’लर्ड बेट्सको क्षमायाचनानै पर्याप्त छ । यो सामान्य असिस्टता हो, जुन हामी कसैबाट कुनै पनि समयमा हुन सक्छ ।’

व्यारोनेस लिस्टरले मन्त्री बेट्ससँग राजिनामा फिर्ता लिन आग्रह गरेको गार्डियन पत्रिकाले जनाएको छ।

 

वासिङटन पोस्ट्बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group