ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने


एबीसी न्यूज
११ असार २०८३, बिहिबार   ११ : ३३   बजे

काठमाडौं ११ आसार । इरान र अमेरिकाबीच केही समयदेखि रोकिएको प्राविधिक तहको वार्ता आगामी जुन ३० (मंगलवार) देखि पुनः शुरु हुने भएको छ । पाकिस्तानको परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर एन्द्राबीले बुधवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । प्रवक्ता एन्द्राबीकाअनुसार शान्ति समझदारी पत्रको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न पाकिस्तान र कतारले आगामी हप्ताहरूमा अमेरिका र इरानका प्राविधिक टोलीहरूसँग निरन्तर संवाद र सहकार्य जारी राख्नेछन् । यसअघि स्विट्जरल्याण्डमा सम्पन्न इरान–अमेरिका वार्ताको पहिलो सत्र र शान्ति समझदारीले विवाद तथा द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि कुटनीति र संवाद नै सबैभन्दा प्रभावकारी माध्यम रहेको विश्वासलाई पुनः स्थापित गरेको प्रवक्ताले उल्लेख गर्नुभयो । क्षेत्रीय शान्ति प्रवद्र्धन, संवाद र तनाव न्युनिकरणका लागि पाकिस्तानले निर्वाह गरेको रचनात्मक भुमिकालाई लिएर विभिन्न मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूले गरेको सकारात्मक प्रशंसाको उनले स्वागत गरे। साथै, पाकिस्तानको मध्यस्थता प्रयासलाई समर्थन गर्ने सबै साझेदार राष्ट्रहरूप्रति प्रवक्ताले कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

अमेरिकाले भारत र चीनसहित ६० देशमाथि लगायो नयाँ भन्सार महसुल

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu