ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकता तोड्न प्रतिक्रियावादीले षड्यन्त्र बुन्दैछन् : प्रचण्ड


admin
१८ माघ २०७४, बिहिबार   ८ : ३८   बजे

धुलिखेल, १८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम पार्टी एकतालाई तोड्नका लागि प्रतिक्रियावादीले षड्यन्त्र बुनिरहेको आरोप लगाउनुभएको छ । 


काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाले आज बनखुचौरमा आयोजना गरेको बधाई एवं सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “प्रतिक्रियावादी निहुँ खोजेर विकास अवरुद्ध पार्न खोज्दैछन्, त्यसबारे हामी सचेत छौँ ।” उहाँले छिट्टै पार्टी एकता हुने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले ७० वर्षदेखि देशमा विकासको लहर ल्याउन नसकिएको बताउँदै अब वाम सरकारले नयाँ योजनाका साथ आर्थिक समृद्धिसहितको कामलाई अगाडि बढाउने छ भन्नुभयो ।

अध्यक्ष दाहालले काभे्रका १३ वटै स्थानीय तह अब ‘विकट’ नहुने उल्लेख गर्दै वाम गठबन्धनको नयाँ सरकार बनेलगत्तै जिल्लाका दुई गाउँपालिका महाभारत र खानीखोलालाई सडक सञ्जालसँग जोड्न र सामुदायिक अस्पताल व्यवस्था गर्न पहल गरिने बताउनुभयो । “म आज हुने वाम एकता संयोजन समितिको बैठकमा समेत सो कुरालाई छलफल गरेर योजना बनाउनेछु”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका सदस्य रत्न ढकालले यहाँका जनताको विकास र चाहना पूरा गर्न चुनावमा घोषणा गरिएका विषयलाई सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका नेता इन्द्रबहादुर थिङले महाभारत र खानीखोला गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने गरी सडक सञ्जालको विकास गर्न आग्रह गर्नुभयो । ती क्षेत्र सडक सञ्जालसँग नजोडिँदा सिन्धुली र मकवानपुर भएर जिल्ला सदरमुकाम जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले आफ्नो गाउँपालिकामा सडक, अस्पताल एवं विकासका पूर्वाधार नभएका कारण गाउँबाट सदरमुकाम र शहरमा पस्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई सम्मानपत्र प्रदान गरिनाका साथै विद्यार्थीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group