ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बहुचर्चित समाजवादी मोर्चाको सोमबार घोषणा निश्चित


ABC NEWS
३ असार २०८०, आइतबार   २ : ०१   बजे

काठमाडौँ ३ असार । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको यी राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले समाजवादी मोर्चा घोषणाको निर्णय गरेका हुन् ।

समाजवादी मोर्चा घोषणाका लागि कार्यदल नै गठन गरिएको छ । कार्यदलको गृहकार्यअनुसार सोमबार दिउँसो ३ बजे समाजवादी मोर्चा घोषणा हुन लागेको हो । जसपाका नेता राजेन्द्र श्रेष्ठले समाजवादी घोषणा सोमबार ३ बजे राष्ट्रिय सभागृहमा हुने बताए ।

‘सुरुवातदेखि नै छलफलमा सहभागी राजनीतिक दलहरू सहभागी भएको समाजवादी मोर्चा घोषणाको गृहकार्य भएको हो । आलोपालो नेतृत्व, नीतिगत सहमतिको प्रतिबद्धतापत्र, साझा न्यूनतम कार्यक्रमलगायतका कार्यक्रम भोलि ३ बजेको कार्यक्रममा स्पष्ट गर्छौं,’ उनले भने, ‘संगठनात्मक आचारसंहिता पछि तय गर्ने भनेर सहमतिपत्रमा नै लेख्ने तयारी भइरहेको छ ।’

एकीकृत समाजवादी पार्टीका नेता जगन्नाथ खतिवडाले पनि सोमबार समाजवादी मोर्चाको घोषणाको तयारी भएको बताए ।

समाजवादी मोर्चा निर्माणका लागि तयारी गर्न बसेको कार्यदलको सोमबारको बैठकमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, जसपाका राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, विप्लव नेतृत्वको नेकपाका खड्गबहादुर विश्वकर्मालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group