ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आधा दर्जन बढी अप्रेशनबाट प्रहरीले पक्राउ गर्‍यो १२ जना लागुऔषध कारोबारी


ABC NEWS
८ असार २०८०, शुक्रबार   ३ : २८   बजे

काठमाडौं ८ असार । प्रहरीले अवैधलागुऔषधकारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो।

व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ परेका १२ जनालाई आज सार्बजनिक गरेको हो।

पक्राउ पर्नेहरू विदेशी नागरिकहरूमा भारत विहारका २७ वर्षीय हेमन्त कुमार भगत, २८ वर्षीय रामभजन भन्ने सञ्जीव कुमार, ६३ वर्षीय टर्किस नागरिक पउल वेर्स्ट, चेक रिपब्लिका ३२ वर्षीय मार्टिना सेर्ना र इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ रहेका व्युरोका प्रवक्ता एसपी चक्राराज जोशीले जानकारी दिए।

उनीहरूलाई काठमाडौं र पोखराका विभिन्न होटलहरुबाट फरक–फरक दिन पक्राउ गरिएको हो।

पक्राउ पर्ने नेपाली नागरिकहरूमा राप्ति नगरपालिका–७ चितवनका २९ वर्षीय महेश चौधरी, काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ का २९ वर्षीय सुगम मैनाली, काठमाडौं महानगरपालिका(१८ का ४२ वर्षीय मुखिया गुरूङ, विराटनगर महानगरपालिका–१२ का ३६ वर्षीय बच्चन भन्ने राज गौतम, रूबीभ्याली गाउँपालिका(२ का ४२ वर्षीय दावा तामाङ र वडा नम्बर ३३ वर्षीय नुरबहादुर तामाङ र भद्रपुर नगरपालिक(४ झापाका २४ वर्षीय सुमन लिम्बू रहेका छन्।

एसपी जोशीका अनुसार पक्राउ परेका १२ जनाबाट कुल ३.७ ग्राम कोकिन, १०० ग्राम खैरो हिरोईन, ४०.८५ ग्राम एम्फेटामाइन, ६ किलो ८६० ग्राम चरेस, १० हजार १३१ पिस एलएसडी स्टिकर,चार किलो ७५० ग्राम गाँजा र १६ बोत्तल कोडिन बरामद गरिएको छ।

बरामद गरिएको अवैध लागू ओषधको अबैध बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रूपैयाँ पर्ने एसपी जोशीले जानकारी दिए।

उनीहरूविरूद्ध लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार सम्बन्धित जिल्ला अदालतहरूबाट म्याद थप भइ अनुसन्धान भइरहेको एसपी जोशीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group