ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछामका धेरै गाँउबस्तीहरु युवा बिहीन


admin
२० माघ २०७४, शनिबार   १२ : ०२   बजे
अछाम । यूवाहरु रोजगारीको शिलसिलामा विदेशिएकाले अछामका धेरै गाँउ बस्तीहरु युवा बिहिन भएका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश युवा मुग्लान तिर लागेपछि यहाँका अधिकांश गाँउ बस्तीहरु यूवा बिहिन भएका हुन् ।
यस्तै साँफेबगर नगरपालिका ३ नौलाकोट टोल पनि युवा विहीन भएको छ । दलित परिवारको बाक्लो बस्ती रहेको नौलाकोटमा आजभोली मलामी जान समेत युवा भेटिदैंनन् । नौलाकोटमा अहिले बृद्धाबृद्ध, महिला, केटाकेटीमात्र भेटिन्छन् । बेराजगारी समस्याका कारण अधिकांश युवा मुग्लान लागेपछि गाउँ सुन्य बनेको स्थानीय ९१ बर्षीया बृद्धा रम्बा बिक बताउँछिन् ।
रम्बा बिकका छोरा, बुहारी, नातिनातिना सबै भारत गएका छन् । उमेरको उत्तराद्र्धमा छोराछोरी मुग्लान लागेपछि उनी कष्टकर जीवन बिताउँदै आएकी छन् । दुई–तीन वर्ष अघिसम्म खेतीपाती लगाउनका लागि घर आउने उनका छोराबुहारी अचेल आएका छैनन् ।
‘जग्गा जमिन बाँझै छ,’ उनले भनिन् ‘आफू त आज हो कि भोलि, स्याहार सुसार गर्ने उमेरमा छोराबुहारी पनि घरमा छैनन् ।’ परम्परागत रुपमा चलि आएका र बर्षका एक पटक मात्र आउने चाडपर्वहरुको समयमा समेत घरमा कोही नहुँदा उराठ लाग्ने गरेको उनको भनाइ छ । स्थानीय मिना बिकलाई पनि यस्तै भएको छ । मिनाका श्रीमान् बितेको चार वर्ष पुग्यो । चार छोरा मध्ये दुई छोरा परदेशतिर लागेपछि उनी दुई नाबालक छोरालाई स्याहार सुसार गर्दै आएकी छन् ।
आर्थिक अवस्था कमजोर भएपछि बीचमै पढाई छोडेर भारतमा रोजगार गर्दै आएका भरत विकले पहुँचवालाले मात्रै रोजगार पाउने भएकाले आफू भारत गएर काम गर्दै आएको बताए । यो त एक उदाहरण मात्र हो यहाँका अधिकास दुर दराजका गाउहरु युवा बिहिन छन । साँफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कँुवरले बढ्दो बेरोजगारीले युवाहरु विदेश जान थालेपछि आफूलाई चिन्तित बनाएको बताए ।
उनले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि नगरपालिकाले कपाल काट्ने देखि कम्युटर चलाउन सक्ने खालका तालिमहरु सञ्चालन गरि यूवाहरुलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group