ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मालदिभ्सका राष्ट्रपतिद्धारा शान्त र संयमित रहन आग्रह


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ५ : २८   बजे

 

माले, २१ माघ ।   मालदिभ्स्का राष्ट्रपति अब्दुल्लाह यामिनले यहाँका नागरिकलाई शान्त र संयमित रहन आइतबार आग्रह गर्नुभएको छ ।

आइतबार उहाँले राष्ट्रिय प्रशारणबाट देशवासीका नाममा सम्बोधनगर्दै सो आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार उहाँले देशमा यतिखेर राजनीतिक संकट बढिरहेकोले यस्तो बेलामा सबै देशवासी संयमित भएर रहनुपर्नेमा जोड दिनुभएको हो ।

मालदिभ्स्मा केही दिनयतादेखि आन्दोलन चर्किएको छ । दक्षिण एसियाको यो सानो टापू राष्ट्रमा केही वर्षयतादेखि राजनीतिक अस्थिरता बढिरहेको पाइएको छ ।

उहाँले यहाँका सुरक्षा अंग तथा आन्दोलनरत विपक्षी कार्यकर्ताहरुलाई शान्त रहन आग्रह गर्नुभएको मालदिभ्स्को राष्ट्रपतिको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा पनि जनाइएको छ ।

मालदिभ्सको सर्वाेच्च अदालतले बिहीबारको एक फैसलामा यहाँका सबै राजनीतिक बन्दीहरुलाई रिहागर्न आदेश दिएको छ ।

उक्त फैसलाबाट मालदिभ्स्का पूर्व राष्ट्रपति मोहम्मद नसिद र पूर्व उपराष्ट्रपति अहमद अदिबलाई पनि गर्नुपर्ने हुन्छ । तर वर्तमान सरकार उनीहरुलाई रिहागर्ने पक्षमा छैन ।

सोही कारण पूर्व राष्ट्रपति नसिदका कार्यकर्ताहरुले उहाँलाई रिहा गर्नुपर्ने मागगर्दै मालदिभ्स्को राजधानी मालेमा बिहीबारदेखि नै व्यापक मात्रामा प्रदर्शन गर्र्दै आएका छन् ।

कैयौँ स्थानमा प्रहरीसँगको भिडन्तका कारण दर्जनौँ व्यक्ति घाइते पनि भएका छन् । त्यस्तै बिहानैदेखि राजधानीमा प्रदर्शनहरु सुरु हुने गरेका छन् ।

नसिद सन् २००८ मा भएकोे निर्वाचनमा मालदिभ्स्को राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । तर उहाँलाई सन् २०१२ को फेब्रुअरी महिनामा ‘कू’ गरेर हटाइएको थियो ।

उहाँलाई तत्कालीन सरकारले भ्रष्टाचारको आरोपमा पक्राउ गरेको थियो । पछि अदालतले १३ वर्षको जेल सजाय सुनाएको थियो ।

राजनीतिक आस्थाका आधारमा उहाँलाई जेल हालिएको उहाँको राजनीतिक दलका कार्यकर्ताले बताउँदै आएका छन् ।

मालदिभ्स्का राष्ट्रपति यामिनले आगामी सेप्टेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन आह्वान गर्नुभएको छ ।

त्यसैले पनि सो निर्वाचनअगावै सबै राजनीतिक बन्दीहरुलाई रिहागरी उनीहरुलाई पनि निर्वाचनमा सहभागिताको अवसर दिनुपर्ने भन्दै सर्वाेच्च अदालतले सो निर्वाचन अगावै सबै राजनीतिक बन्दीहरुलाई रिहा गर्नुपर्ने आदेश दिएको हो ।

राष्ट्रपति यामिनले उक्त निर्वाचनका लागि वातावरण बनाउन आफूले सर्वाेच्च अदालतसँग परामर्श गरिरहेको र निश्पक्ष र स्वतन्त्र निर्वाचनका लागि लागिपरेको भन्दै सबैलाई शान्त रहन आग्रह गर्नुभएको हो । (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group