ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा आत्महत्या न्यूनिकरण चुनौतीपूर्ण


एबीसी न्यूज
२८ असार २०८०, बिहिबार   ३ : ५९   बजे

काठमाडौं, २८ असार । सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेहरुको सङ्ख्या बर्षेनि बढ्दै गएको छ । मानसिक स्वास्थ्यमा समस्या, लहड र सामान्य घरायसी विवाद र अशिक्षा लगायतका कारणले सुदूरपश्चिममा आत्महत्या बढिरेहको सुरक्षा संयन्त्रणको आँकलन छ । पछिल्लो छ वर्षयता प्रदेश सबैभन्दा झुण्डिएर आत्महत्या गर्ने तथ्याङ्कले बढी देखाएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका अनुसार चालु आर्थिक वर्षको हालसम्म नौ वटै जिल्लामा पाँच सय सात जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार गतवर्ष सुदूरमा पाँच सय ७६ जना र अघिल्लो आर्थिक वर्षमा छ सय ८६ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।

आत्महत्या गर्ने धेरैमा विष खाएर, झुण्डिएर, पानीमा हामफालेर, करेन्ट लगाएर हुने गरेको छ । चालु आवमा सबैभन्दा बढी कैलालीमा दुई सय ३३ जनाले आत्महत्या गरेका छन् । कञ्चनपुरमा एक सय १९, डोटीमा १५, अछाममा बीस जना, बाजुरा २०, बैतडी र बझाङमा २४र२४, दार्चुलामा २५ र डडेल्धुरामा २७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ ।

आत्महत्यालाई निरुत्साहित गर्न राष्ट्रियरुपमै योजना बनाएर नियन्त्रणको प्रयासमा लाग्नुपर्ने अवस्था आएको प्रहरी अधिकारीको भनाइ छ । “पहाडी जिल्लाभन्दा तराईका जिल्लामा बढी आत्महत्याका घटना बढेका छन्”, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भन्न्रभयो, “आत्महत्या नियन्त्रण र लागुऔषध नियन्त्रण सुदूरपश्चिमका मुख्य चुनौती हुन् ।”

आत्महत्या गर्नेमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म रहेको प्रहरी भनाइ छ । मुलुकी अपराधसंहिता २०७४ लागू भएयता आत्महत्या गर्न बाध्य पार्नेमाथि आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइए पनि आत्महत्याको दरमा कमी भने आएको छैन् ।

प्रहरी प्रवक्ता डाँगीले मानसिक रोग भएको अवस्था, डिप्रेशन, बेरोजगारी, पारिवारिक तनाव र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले समेत मानिसक आत्महत्या गरिरहेको बताउनुभयो । “आत्महत्या न्यूनिकरण निकै चुनौतीपूर्ण विषय छ”, उहाँले भन्नुभयो, “यसको नियन्त्रणका लागि सबै निकायबाट पहल हुन जरुरी छ ।”

उहाँले हरेक दिनजसो यहाँ आत्महत्याका घटना प्रहरीमा पुगिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group