ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन


एबीसी न्यूज
२ श्रावण २०८०, मंगलबार   २ : ३५   बजे
काठमाडौं, २ साउन । नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रुपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहनुभएका नेताहरुले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जीत कर्णले जानकारी दिनुभयो ।
अभियानअन्तर्गत नेताहरुले सातै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव सङ्कलन गर्नुभएको थियो । प्रतिवेदनमा पार्टीलाई समयसापेक्ष सुधार गरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई सम्बोधन गर्न आग्रह गरिएको छ ।
यसैगरी पार्टीका मूल्यमान्यता, आदर्श र सिद्धान्तलाई कुनै पनि शर्तमा कहिले पनि कोहीसँग पनि सम्झौता गर्न नहुने, लोकतान्त्रिक समाजवाद उन्मुख राष्ट्र निर्माणका सुत्र अगाडि सार्नुपर्ने, चुनावी घोषणापत्र कार्यान्वयनलाई अर्जुनदृष्टि बनाउनुपर्ने, विधानमा भएअनुसार पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्नेलगायत सुझाव प्रतिवेदनमा उल्लेख छन् ।
पार्टी रूपान्तरणका लागि प्राप्त सुझावलाई पार्टीको औपचारिक संरचनाभित्र थप छलफल र निर्णय गरेर कार्यान्वयन गर्न अनुरोध गरिएको छ । सो अवसरमा पार्टीका नेता मधु आचार्य, गुरुराज घिमिरे, जगदिशनरसिंह केसी, भरतबहादुर खड्का, रीता शाहीलगायत हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu