ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्विन्टल सुन तस्करीको अनुसन्धान जिम्मा सीआईबीलाई दिन प्रधानमन्त्रीको निर्देशन


एबीसी न्यूज
१९ श्रावण २०८०, शुक्रबार   १२ : ०७   बजे

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका छन् । सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध भएकोले त्यसको जरैसम्म पुग्ने गरी प्रहरीमार्फत अनुसन्धान गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् । क्विन्टल सुन प्रकरणमा हाल राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धान जारी छ ।

यो प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । साउन ३ बाट सुरु यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म पुग्न सकेको छैन ।

विभागबाट भइरहेको अनुसन्धानले अपराधमा संलग्नको नेक्सन पत्ता लगाए पनि यो संगठित र अन्तरदेशीय अपराध भएकोले जरैसम्म पुग्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट अनुसन्धान हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । विभाग आफैं प्रधानमन्त्री मातहतको निकाय हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बिहीबार साँझ सिंहदरबारमा संवैधानिक परिषद् बैठक बसेको थियो । त्यसलगत्तै करीब ७ बजेतिर प्रधानमन्त्री दाहालले क्विन्टल सुन प्रकरणमा भइरहेको अनुसन्धान, यसका उपलब्धि र थप अनुसन्धानका विषयबारे समीक्षा गर्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर, केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानासँग संयुक्त छलफल गरेका थिए ।

स्रोतका अनुसार छलफलमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले सुन तस्करी संगठित अपराध भएकोले त्यसको अनुसन्धान प्रहरीमार्फत हुँदा प्रभावकारी र अपराधको मूलसम्म पुग्न सकिने बताएका थिए । त्यसपछि महान्यायाधिवक्ता पोखरेलले विभागबाट भइरहेको अनुसन्धान एउटा तहमा पुगेको र त्यसलाई अझ बलियो र संगठित गिरोहसम्म पुग्न संगठित अपराधका दफा लगाएर अघि बढ्नु सुझाव दिएका थिए ।

प्रहरी महानिरीक्षक कुँबरले पनि सुन तस्करी मात्र नभएको यो संगठित अपराध र अन्तरदेशीय अपराध मात्रै नभएर आतंकवादी गतिविधिमा संलग्न गिरोहको समेत संलग्नता भएको हुनसक्ने र यसको बृहत् अनुसन्धान प्रहरीबाट हुँदा प्रभावकारी हुने धारणा राखेका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले अनुसन्धानमा ज–जसको संलग्नता खुल्छ, कारबाहीको दायरामा ल्याउन र कुनै कसर बाँकी नराख्न निर्देशन दिएको स्रोतले बतायो ।

‘यो अपराधमा प्रमाणले ज–जसलाई देखाउँछ, माओवादीका नेता वा अरु को–को पर्छ, अघि बढ्नुस् । सरकारबाट पूर्ण सहयोग रहन्छ,’ प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सम्भवतः केहीदिनभित्रै थप अनुसन्धानको जिम्मा विभागले प्रहरीलाई दिने छ ।’ त्यस क्रममा विभागका महानिर्देशक नवराज ढुंगानाले पनि यो अपराध संगठित रुपमा गराइएको अनुसन्धानबाट खुलेको बताएका थिए ।

हङकङबाट जहाजमा कार्गो गरी स्कुटरका ब्रेक सु भित्र लुकाएर ल्याइएको तस्करीको क्विन्टल सुन गत साउन २ मा विमानस्थल भन्सार जाँचपास पार गरेर सिनामंगल सडकमा पुगेपछि विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको थियो । भन्सार जाँचपास गरिएका शंकास्पद सामान खोलेर हेर्दा ब्रेक सुभित्र लुकाइएको सुनसहित २ जना पक्राउ परेका थिए । त्यसपछि अघि बढेको अनुसन्धानका क्रममा तस्करीबाट त्यसअगावै त्यो भन्दा धरै परिमाणमा सुन भित्रिएर गिरोहले व्यवस्थापन गरिसकेको तथ्य भेटियो । त्यही क्रममा व्यापारी राकेशकुमार अडुकिया अनुसन्धानमा तानिएपछि फरार भए ।

अनुसन्धानकै क्रममा नेपालमा संदिग्ध रुपमा बस्दै आएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ ठमेलबाट पक्राउ परे । त्यसअघि चिनियाँ र भारतीय एक–एक जना लाजिम्पाट र विमानस्थलबाट समातिए । ४ जना भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालकसहित अरु १२ जना पनि पक्राउ परे । तर, सुन तस्करीका मूल लगानी कर्ता र खरिदकर्ताको पहिचान बाहिर आएको छैन ।

तर, हङकङ, चीन, दुबई र भारतमा रहेको गिरोहले नेपाललाई ट्रान्जिट बनाएर सुन ल्याएको र यसको गन्तव्य भारतीय बजार रहेका अनुसन्धानबाट खुलेका केही तथ्यले देखाइसकेको छ । यसमाथि विभागबाटै भइरहेको अनुसन्धान अपर्याप्त हुने भन्दै सुन पठाउने गिरोह, गन्तव्यमा रहेका खरिदकर्ता तथा नेपालमा व्यवस्थापन गर्ने समूहलाई संगठित अपराधका दफा लगाएर अनुसन्धान गर्न प्रहरीलाई जिम्मा दिन लागिएको हो ।

अहिलेसम्म काठमाडौंका विभिन्न स्थानमा छापा मारेर सुन ग्रल्ने ४ थान मेसिनसहितका सामान बरामद भएका छन् । ठमेल क्षेत्रको एक गोदाममा छापा मार्दा ६६ कार्टुन ब्रेक सुभित्र लुकाएर ल्याइएको सबै सुन मेसिनमा गालेर निकालिसकेको भेटिएको थियो भने टोखामा सुन गाल्ने कारखाना फेला परेको थियो ।

लाजिम्पाट र बालुवाटारका विभिन्न स्थानमा सुन तस्करीमा संलग्न चिनियाँ र भारतीय गिरोका सेल्टर फेला परेका थिए । कमलपोखरीमा पनि गिरोहले आश्रय लिने गरेको ठाउँ पत्ता लागेको थियो । तर, यो सबै पृष्ठभूमिमा विमानस्थलबाट पार गराइएको क्विन्टलबाहेक थप सुन अझै फेला पर्न सकेको छैन । सुन तस्करीमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग नेपालका नेताहरुसगै उठबस रहेका विवरण पनि सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu