ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चरी’ र ‘घैँटे’को इन्काउन्टरपछि पलायन भएका गुण्डा फेरि सलबलाए


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ११ : २७   बजे

काठमाडौ साउन २१ । कुनै बेला काठमाडौँमा ‘गुण्डाराज’ चल्थ्यो । गुण्डाराज अन्त्य गर्न प्रहरीले गोली चलाउने नीति लियो । २०७१ र २०७२ मा प्रहरीको कारबाहीमा कहलिएका गुण्डा नाइकेहरू दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैँटे’ मारिए । इन्काउन्टरसँगै साजन महर्जन र अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘गुण्डाराज’ विरुद्ध प्रहरीले निर्मम अपरेसन सुरु गरेसँगै गुण्डाहरूले उपत्यका छाडेका थिए । प्रहरीको ‘हिट लिस्ट’का गुण्डा दावा लामा लामो समय सिक्किममा गएर बसे ।

अहिले दावा काभ्रेको भुम्लु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएका छन् । दावा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
२०७१ साउन २१ मा काठमाडौँको भीमढुंगामा तत्कालीन अपराध महाशाखाको टोलीले दिनेश अधिकारी ‘चरी’माथि गोली प्रहार गरेको थियो । चरी नेकपा एमाले धादिङ क्षेत्र नम्बर–१ का पूर्व उपाध्यक्ष थिए ।२०७२ भदौ ३ मा प्रहरी इन्काउन्टरमा कुमार घैँटे मारिए । त्यसयता भागेका र चुपचाप बसेका गुण्डाहरू काठमाडौँमा फेरि सलबलाएका छन् ।

पछिल्लो समय गुण्डा सलबलाएका दुई वटा घटना यस्ता छन् 

घटना १ स् २०७९ जेठ २६ मा दरबारमार्गको प्लाटिनम डिस्कोमा ‘काभ्रेली समूह’ले बालुवाटार बस्ने प्रतिष भास्कर सिंहलाई आक्रमण गरे । आक्रमणमा संलग्न थिए काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा समेत ७ जना ।
घटना २, २०७९ असोज २५ मा प्लाटिनम क्लबका दुई जना बाउन्सरलाई योजनाबद्ध खुकुरी प्रहार । बिहान ४ बजेतिर ड्युटी सकेर फर्किँदा बाउन्सर नितेश राई र छिरिङ लामालाई ४ वटा मोटरसाइकलमा गएका ८ जनाले खुकुरी प्रहार गरे । रामेछाप घर भएर रामहिटी बस्ने विकाश श्रेष्ठ समेतले क्लब अगाडिबाट उनीहरूलाई फलो गरेर लैनचौरबाट अगाडि बढेपछि सोह्रखुट्टे ओरालोमा कुरेर बसेका थप युवाहरू मिलेर आक्रमण गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०७९ भदौ २३ मा क्लबमा बाउन्सरसँग भएको झगडाको कारण उनीहरूले आक्रमण गरेका हुन् ।

घटनामा संलग्न दोलखाका जीवन तामाङ, प्रदीप लामा, रामेछापका विकाश श्रेष्ठ, काभ्रेका जितेन्द्र लामा, सिन्धुपाल्चोकका राजेन्द्र कार्की र दावादोर्जे लामा उर्फ च्याङ्बा पक्राउ ।काठमाडौँमा गुण्डागर्दीबारे अनुसन्धान गर्ने उपत्यका अपराध अनुसन्धान कार्यालयका अधिकृतहरू पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी बढेको स्वीकार्छन् । क्लबहरूमा धम्क्याउने र हप्ता असुलीका घटना बिस्तारै बढ्न थालेका छन् । पुराना नाम चलेका गुण्डाहरू ठेक्कापट्टा र राजनीतिमा लागेपछि नयाँ गुण्डाहरूले बिस्तारै काठमाडौँमा साम्राज्य बनाउन खोज्दैछन् ।गुण्डागर्दी बढिसकेको अवस्था नभए पनि ‘बढ्न सक्छ’ भन्नेमा प्रहरी चनाखो रहेको बताउँछन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा। मनोज केसी । उनी भन्छन्, ‘असार १५ मा ओम्निया क्लबको घटनापछि हामी निर्मम हुनुपर्छ भन्ने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनाबाट ९३ जना सम्पर्कविहीन, उद्धार टोली परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu