ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचारप्रसार अभावमा पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा


एबीसी न्यूज
२३ माघ २०७४, मंगलबार   ११ : ३०   बजे

इलाम, २३ माघ । पर्यटकीय सम्भावना बोकेर पनि उचित प्रचारप्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने महत्वपूर्ण पर्यटकीयस्थल ‘मिक्लाजुङ’ ओझेलमा परेको छ ।

पर्यटकीय सम्पदा भएपनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको कमी तथा पर्यटन सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो पर्यटकीयस्थल ओझेलमा परेको हो ।

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो ।

सगरमाथा, कञ्चनजंघालगायतका हिमशृंखला तथा पूर्वका १४ वटा जिल्ला एकसाथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

विगतका वर्षमा यातायातको असुविधाका कारण यहाँ पुग्न निकै कठिनाइ हुने गरेको भएपनि फिदिमबाट राँके–रवि सडक हुँदै करिब छ घण्टाको सवारी यात्रापछि लिम्बाको लेकगाउँ पुगिन्छ । करिब तीन घण्टाको पैदल यात्रापछि मिक्लाजुङ डाँडा पुगिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृष्यावलोकन गर्न सकिने भएकाले यहाँ पाँचथर, इलाम, मोरङ, झापा, भारतको सिक्किम, सिलिगुढीलगायतका स्थानबाट समेत घुम्न पर्यटक आउने गरेका छन् ।

चौबीसै घण्टा शीतल हावा बहिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवं दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीयवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँद्मा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागिसमेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो ।

मिक्लाजुङ पुगेसँगै त्यहाँ नजिकै अवस्थित प्राचीन एवं ऐतिहासिक धार्मिकस्थल ‘चमेरे ओढार’ पुग्न सकिन्छ । धार्मिक किम्बदन्तीअनुसार पाण्डव गुप्तवास जाँदा आफ्ना हतियार महादेवलाई पुकार्दा उहाँकै आज्ञाले एउटा ठूलो ढुंगा शक्तिबाट चारकोठा भई भित्रभित्रै भ¥याङसमेत बन्न गई त्यही ढुंगाको ओढारमा आफ्नो हातहतियार राखेका थिए ।

हातहतियार राखेर बाहिरपट्टि एउटा मुर्दा झुण्डयाई महादेवलाई संरक्षणमा राखी विराट राजाकहाँ गुप्तवास बस्न गएको भन्ने जनविश्वास रहिआएको छ । उक्त ठाउँ अहिले चमेरे ओढारका नामले परिचित छ । भू–धरातलको विकटता र मौसम प्रतिकूलताका कारणले पर्यटकीयस्थल र देवस्थलको दृष्टिकोणले स्थानीय बासिन्दा र छिमेकी जिल्लाका बासिन्दाका लागि परिचित हुँदाहुँदै पनि सो स्थल ओझेलमा रहेको छ ।

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुंगीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ ।

पर्यटन विकासका लागि गुरुयोजना बनाएर प्रचारप्रसार, पदमार्ग निर्माण, सूचना केन्द्र स्थापनालगायतका कार्यक्रम अगाडि बढाउन आवश्यक छ । यहाँको पर्यटन विकासका लागि राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुहुन्छ मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौराली ।

“पर्यटकीय सम्भावना छ, तर राज्यको लगानी खासै नहुँदा अझै पनि फस्टाउन सकेको छैन” उहाँले भन्नुभयो, “यसका लागि स्थानीय सरकारको लगानी जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Parliament Speaker Urges Government Response to Lawmaker Queries

Zimbabwe Ferry Disaster Death Toll Climbs to 92

Nepal’s Parliament Speaker Urges Law Updates to Reflect Modern Needs

Nepal Supreme Court Orders Release Of Journalist Kishore Shrestha

Nepali Lawmakers Demand Respectful Language in Human Trafficking Bill

Nepal’s Prime Minister Meets Gandaki Province Chief Minister

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu