ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैलालीमा ५०० घर डुबानमा


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   १ : ४८   बजे

काठमाडौ साउन २३ । सोमबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा पाँच सय घरधुरी प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, गोदावरी नगरपालिका, चुरे, जोशीपुर र कैलारी गाउँपालिकामा नदीको पानी बस्तीमा पस्दा पाँच सय घर धुरी प्रभावित भएको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले विभिन्न नदीको पानी बस्तीमा पस्दा ६ वटा स्थानीय तहमा मानवीय क्षति नभए पनि घरहरु डुबानमा परेको जानकारी दिए । जोशीका अनुसार खुटिया नदीको पानी बस्तीमा पस्दा धनगढी उपमहानगरपालिका–१५ को कनरीमा १४ घर, काडा र कान्द्रा नदीको बाढीले भजनी नगरपालिका–२, ३, ५, ७ र ८ नम्बर वडामा गरेर साढे दुई सय घर डुबानमा परेका छन् ।

यस्तै कैलारी गाउँपालिका–७ का विभिन्न बस्तीमा कटैनी नदीको पानी पस्दा डेढ सय घर धुरी र जोशीपुर नगरपालिकाका विभिन्न बस्तीमा काडा नदीको बाढीले ५६ घर धुरी प्रभावित भएका प्रहरीले जनाएको छ ।गोदावरी नगरपालिकाको खैराना खोलाको बाढीले एउटा पसल डुबेको छ भने चुरे गाउँपालिका–५ को गोपालेमा पहिरोले अवरुद्ध भएको बाटो खुलेको छ ।जिल्ला प्रशासन कार्यालयले बाढीले प्रभावित भएका घर परिवारलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले संयुक्त रुपमा सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group