ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कपन खोलाको स्ल्याब भत्काउने तयारीमा महानगर


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   २ : ०६   बजे

काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिकाले वडन नम्बर ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथिको स्ल्याब भत्काउने तयारी गरेको छ।उक्त स्ल्याब भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली र बूढानीलकण्ठ नगरपालिका १० का वडाअध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच विवा भएको थियो।

बूढानीलकण्ठसँगको विवादबीच खोलो छोपिएको उक्त स्ल्याब भत्काउने अन्तिम तयारी महानगरको टोलीले गरेको छ।

अहिले दुई नगरका अधिकारीबीच वार्ता चलिरहेको छ। तर काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले डोजर लगाएर स्ल्याब भत्काउने तयारी गरेको हो।

महानगरको टोली डोजरसहित स्ल्याब भत्काउन आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए।

अहिले त्यहाँ बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पनि छन्।

डोजरसहित पुगेको महानगर प्रहरी र बूढानीलकण्ठका वडाअध्यक्षबीच घम्साघम्सी ९तस्बिरहरु०
त्यसक्रममा वडाअध्यक्ष भट्टराई काठमाडौं महानगरको डोजरसहितको टोली रोक्न उत्रिएको थियो। बूढानीलकण्ठका प्रवक्तासमेत रहेका भट्टराईलाई महानगर प्रहरीले लछारपछार गरेको थियो।

वार्तामा कुरा मिले पनि नमिले पनि महानगरले उक्त स्ल्याबलाई अवैधानिक भन्दै तोड्ने तयारी गरेको हो।

अहिले काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल होडा र बूढानीलकण्ठका जनप्रतिनिधिहरु वार्तामा बसेका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र यहाँ बर्षेनि बाढीको आतंक छ। यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेको आरोप लाग्ने गरेको छ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group