ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारविरोधी अभियानले तस्करहरू आत्तिएका छन् : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ३ : १७   बजे

 

काठमाडौं २५ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरू अत्तालिएको बताएका छन्।

क्याबिनेटका मन्त्रीहरूसँग बिहीबाबर आर्थिक वर्ष २०८०र८१को लागि कार्यसम्पादन सम्झौताका क्रममा उनले सो कुरा बताएका हुन्।

‘सरकार भ्रष्टाचारविरोधी अभियानका कारण राज्यदोहन गर्ने र तस्करहरु अत्तालिएका छन्। सरकारले अझै भ्रष्टाचारविरोधी कदम चालोस् भन्ने पक्षमा जनता छन्,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले दोषी नछुटुन र निदोर्ष नपरुन् भन्ने पक्षमा सरकार रहेको पनि बताए। साथै, उनले यही सरकार, कर्मचारीतन्त्र र यीनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने संकल्प लिनुपर्ने मन्त्रीहरूलाई बताए।

‘यही सरकार, कर्मचारीतन्त्र र यिनै संरचनाबाट परिवर्तन सम्भव छ भन्ने संकल्प लिनुछ देश कुन परिस्थितिमा छ हामीलाई थाहा छ। राजनीतिक नेतृत्वमा रहेका हामी र कर्मचारी तहका तपाईंहरुले मिलेर संकल्प गरेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘परिणाम निकाल्ने कुरामा कर्मचारीले संकल्प नलिएसम्म जनताको अपेक्षा पूरा हुन सक्दैन। परिणाम र प्रतिफलमा हामीले चाहे जस्तो उपलब्धी गर्न सकेका छैनौँ बहुसंख्यक जनताले विकासको अनुभूति अझै गर्न सकेका छैनन्।’

३० प्रतिशत जनता विदेशमा गएर निम्नस्तरको रोजगारीमा आश्रित हुन बाध्य भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले संकल्प गरेपछि केही न केही पूरा हुन्छ। देशभित्रको विकास, अर्थतन्त्रलाई सहज बनाउने, विदेशसँगको सम्बन्ध सहज बनाउने र अन्तर्राष्ट्रिय सहयोग जुटाउने कुरामा काम हुँदैछ। हामी उज्यालोतिर बढिरहेका छौँ।’

 

सुशासनको प्रत्याभूति गर्ने अवस्था सिर्जना भयो : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group