ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीको प्रतिष्ठा र बिकासका लागी कर्मचारीको खुट्टा ढोग्न तयार छु : उपाध्यक्ष डा. ल्हारक्याल लामा


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ७ : ३६   बजे

 

बुटवल २५ साउन । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले  बिहीबार पदभार ग्रहण गरेका छन् ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. लामा (खेन्पो छिमे छिरिङले) लुम्बिनीको इज्जत, प्रतिष्ठा र बिकासका लागी कर्मचारीको खुट्टा ढोग्न तयार रहेको बताएका छन् । बिहिवार लुम्बिनी बिकास कोषमा आयोजित पदभारग्रहण कार्यक्रममा कोषका नवन्युक्त उपाध्यक्ष डा. लामाले बिग्रीएको लुम्बिनीको छवीलाई काप्नौ कार्यकालमा सुधार ल्याउने दाबी गरे ।

लुम्बिनीमा धेरै अनियमितता हुन्छ भन्ने सुनेको छु छ या छैन मलाई जानकारी छैन अव म आएको छु लुमिबनीको ईज्जत प्रतिष्ठा र बिकासका लागी सबै एक भएर काम गर्ने प्रतिबद्धता जनाए । मेरो पछि मिडियाले धेरै लागेका छन् तर म मिडियाले देखाएको जस्तो मान्छे होईन म यहाका स्थानिय , कोषका कर्मचारी सबै संग समन्वय गरेर काम गर्नेछु लामाले भने । लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए ।

उनले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताए । ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’ उनले भने ।

http://www.abcnepal.tv/wp-content/uploads/2023/08/365451438_5031957963595306_4823458185068907815_n.mp4

उपाध्यक्ष लामाले विश्वमा मानव रहदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताए । उनले भने, ‘मलाई पत्याएर काम गर्न सक्छ भनेर यहाँ पठाउनुभएको छ। गौतम बुद्ध, मायादेवी मन्दिर साक्षी राखेर काम गर्छु। लुम्बिनीको इज्जत, पवित्र भूमिको बदनाम गर्नेछैन। कुनै खालको भ्रष्टाचार, अनियमितता, कुनै खालको मिसयुज गर्नेछैन। सबैसँग समन्वय गरेर काम गर्नेछु । म कर्मचारीसाथिहरुलाई लुमिबनीको बिकासका लागी खुट् ढोगेर काम गर्न तयार छु उपाध्यक्ष लामाले भने ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्धदर्शमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया स्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गरेका छन्न् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा. ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताए ।

कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु न्वनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिए । उनलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई .(सद्धिचरण) सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गरे ।

 

लुम्बिनीस्थित कोषको प्रधान कार्यालयमा पदभार ग्रहण गर्दै लामाले बुद्ध जन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनियास्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालीन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन् गर्ने निर्णय सदर गरेका छन् ।

पदभार ग्रहणअघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लामाले लुम्बिनी जस्तो पवित्र ठाउँको इज्जत श्रबृद्धि गर्ने काममा आफ
नो ध्यान केन्द्रित हुने बताए । उपाध्यक्ष ल्हारक्यालले भने व्यक्तिगत लाभ लिने काम गर्दिन ।

ल्हारक्यालले आफू लामो समयदेखि बुद्धमार्गमा रहेर बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै लामाले उपाध्यक्षको भूमिकामा रहंदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताए ।

स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सीमित साधन स्रोतबाट काम भइरहेको बताए ।

यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो ।

पूर्वअर्थ राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

सम्बन्धित

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group