ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यागमनलाई प्रश्न– बिनाकारण २१ घण्टा नियन्त्रणमा राख्न मिल्छ ?


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   २ : ४५   बजे

काठमाडौं, २८ साउन । अध्यागमन विभागले शुक्रबार साउन २६ गते व्यवसायी राकेश अडुकियाका छोरा रोहनलाई विमानस्थलबाटै नियन्त्रणमा लियो । भारतको नयाँ दिल्लीबाट आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो १ बजे अध्यागमनले नियन्त्रणमा लिएको थियो ।

अध्यागमनले २१ घण्टा हिरासतमा राखेपछि उनलाई शनिबार विहान १० बजे छोडेको थियो । उनलाई जे आशंकामा पक्राउ गरिएको थियो त्यसमा उनको संलग्नता नभेटिएपछि छोडिएको थियो । “हामीले बोलाएको बेला अध्यागमनमा हाजिर हुने सर्तमा रोहन अडुकियालाई छोडेका हौं,” अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले बाह्रखरीसँग भने ।

कुनै आपराधिक गतिविधिमा संलग्न नै नभएको व्यक्तिलाई किन पक्राउ गरियो त

महानिर्देशक अधिकारी भन्छन्, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका नाकाबाट आवतजावत गर्ने शंकास्पद व्यक्तिहरुलाई हामी वाच लिस्ट निगरानी सूची मा राख्छौं । रोहन पनि हाम्रो वाच लिस्टमा थिए । यसैकारण उनलाई पक्राउ गरिएको थियो ।”

बाहिर प्रचारमा आएजस्तो रोहनलाई ‘ब्ल्याक लिस्ट’ कालो सूचीमा राखिएको थिएन । रोहन र उनको बुबा राकेश दुवै जनालाई अध्यागमनले वाच लिस्टमा राखेको उनले बताए । अहिले अध्यागमनको वाच लिस्टमा रोहन र राकेशलगायत दुई सय जना रहेको उनको भनाइ छ ।

अध्यागमनले त्यस्ता व्यक्तिलाई वाच लिस्टमा राख्छ जो बारम्बार त्यस्ता गन्तव्यमा जान्छन् जहाँ ‘आपराधिक क्रियाकलाप’ बढी हुने गर्छन् ।

महानिर्देशक अधिकारीका अनुसार अफगानिस्तान र पाकिस्तान बारम्बार जानेलाई ड्रग्स कारोबारीको आशंका गरिन्छ । यस्तै दुबई र हङकङ धेरै पटक आवतजावत गर्नेलाई सुन तस्करीको आशंकामा वाच लिस्टमा राखिन्छ ।

अडुकियाका बाबुछोरालाई सुन तस्करीमा संलग्न रहेको आशंकामा वाच लिस्टमा राखिएको महानिर्देशक अधिकारीले बताए । यही साउन ३ गते हङकङबाट ब्रेक सु मा नेपाल भित्रिएको एक क्विन्टलभन्दा बढी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको अवस्थामा राजस्वका कर्मचारीले उक्त सुन बरामद गरेका थिए । सो बरामद भएको सुन तस्करीमा अडुकियाको बाबुछोराको नाम जोडिएर समाचार आएपछि र पछिल्लो समय उनीहरुले दुबई र हङकङकमा गरेको आवतजावतलाई लिएर अध्यागमनले वाच लिस्टमा उनीहरुलाई राखेको थियो ।

“वाच लिस्टमा राखेका व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गर्ने गरिन्छ । यही सिलसिलामा रोहन अडुकियालाई पनि पक्राउ गरेर सोधपुछ गरिएको हो,” अध्यागमनका महानिर्देशक अधिकारीले भने ।

पक्राउ परेका रोहनलाई अध्यागमनले सुरुमा राजस्व अनुसन्धान विभागलाई बुझाउन खोजेको थियो । विभागले रोहन आफूहरुले खोजी गरेको व्यक्ति नभएको जनायो । त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई बुझाउन खोज्यो ।

सीआईबीले पनि सुन तस्करीमा रोहनको संलग्नता हालसम्म नभेटिएको बताएको थियो । त्यसपछि वाच लिस्टमा रहेको भन्दै रोहनलाई अध्यागमनले छोडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

रास्वपा पतन हुनेवाला छ, अबको विकल्प राप्रपा होस् राजेन्द्र लिङ्देन

सम्बन्धित

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu