ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक वर्षको अवधिमा विदेशमा रहेका १२ सय बढी नेपालीले ज्यान गुमाए


abc tv
३० श्रावण २०८०, मंगलबार   १ : ३०   बजे

काठमाडौं । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका क्रममा एक हजार २०८ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी राजन पौडेलका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका हुन् ।

“गत आर्थिक वर्ष मृत्यु हुनेमा एक हजार १६३ जना पुरुष र ४५ जना महिला रहेका छन्,” सूचना अधिकारी पौडेलले भने । मृत्यु भएका व्यक्तिको परिवारलाई बोर्डले आर्थिक सहायतास्वरुप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको उनले जनाए ।

यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न प्रकारका दुर्घटनामा परी अंगभंग भएका तथा गम्भीर विरामी भएका ३८९ जनालाई पनि बोर्डले आर्थिक सहायता उपलब्ध गरेको छ । सूचना अधिकारी पौडेलका अनुसार अंगभंग तथा गम्भीर बिरामी भएकालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइएको छ ।

सोही अवधिमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको नेपालमा रहेका परिवारका ११२ जना सदस्यलाई स्वास्थ्य उपचार खर्च स्वरुप ५६ लाख रुपैयाँ प्रदान गरिएको छ । छात्रवृत्ति सहायतास्वरुप गत वर्ष बोर्डले वैदेशिक रोजगारीका गएकाहरुको दुई हजार ९५७ जना छोराछोरीलाई दुई करोड ८२ लाख दुई हजार रुपैयाँ उपलब्ध गरेको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएकामध्ये ३४ जना महिला र ७८४ जना पुरुष गरी कुल ८१८ जनाको शव व्यवस्थापन (ढुवानी) गर्न दुई करोड ८५ लाख ८० हजार रुपैयाँ बोर्डले खर्च गरेको छ ।

विभिन्न कारणले विदेश अलपत्र परेका नेपाली कामदारको खोजतलास तथा उद्धारमा पछिल्लो एक वर्षमा ४३ लाख १० हजार ८०० रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यस्तै, विदेशमा मृत्यु भएका नेपाली कामदारको शव नेपाल झिकाउनको लागि सम्बन्धित नियोगसँग समन्वय गर्दा दुई करोड ६० लाख ७५ हजार रुपैयाँ खर्च भएको बोर्डले उपलब्ध गरेको विवरणमा उल्लेख छ ।

गत वर्ष नै बोर्डले वैदैशिक रोजगारीमा जानेहरुलाई अभिमुखिकरण तालिमबापतको रकम शोधभर्ना गर्दा तीन लाख ५४ हजार रुपैयाँ खर्च भएको जनाएको छ । “गत आर्थिक वर्ष समग्रमा कल्याणकारी कार्य अन्तर्गत ६ हजार ४६९ जनालाई आर्थिक सहायता स्वरुप कुल ८४ करोड ८० लाख १० हजार ७०० रुपैयाँ प्रदान गरिएको छ,” सूचना अधिकारी पौडेलले बताए ।

गत आर्थिक वर्ष २०७९–८० मा ७ लाख ७१ हजार ३२७ जना नेपाली वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए । गत वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये ६ लाख ९९ हजार १९३ जना पुरुष र ७२ हजार १३४ जना महिला रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu