ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले २०६४ को जस्तै नतिजा ल्याउन सक्छ : प्रधानमन्त्री


abc tv
३२ श्रावण २०८०, बिहिबार   ३ : ०४   बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्रले मिहिनेत गर्न सकेमा २०६४ को जस्तै परिणाम ल्याउन सक्ने बताएका छन्।

सरकारमा गएपछि जनतासँग माओवादीको सम्बन्ध चिसिँदै गएको बताउँदै उनले तर अबको ६ महिना राम्रो मिहिनेत गर्न सके २०८४ को चुनावमा २०६४ को जस्तै १२० सिट आसपासको नतिजा ल्याउन सक्ने बताएका हुन्।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकास्थित डाडाँकटेरीमा बिहीबार आयोजित २०औँ दोरम्बा स्मृति दिवसलाई सम्बोधनका क्रममा प्रचण्डको यस्तो दाबी आएको हो।

उनले २०५२ देखि २०६३ सालसम्म माओवादीले रक्तपातपूर्ण क्रान्ति गरेको बताउँदै अब समाजवादका निम्ति शान्तिपूर्ण अभियानमा होमिएको पनि बताए।

दाहालले जनतासँग बिग्रिएको सम्बन्ध अब सुधार्नुपर्ने बताए। ‘हामी अब जनतासँग जोडिएर प्रतिगमन र भ्रष्टाचारविरुद्ध जुट्दै समाजवादी क्रान्ति सफल बनाउनु पर्छ’, उनले भने, ‘आगामी ३ महिनामा हामी नयाँ वातावरण बनाउँछौँ। त्यसपछिको ३ महिनामा माओवादी पार्टी जीवन्त भएर फर्किन्छ। यति गर्न सकेमा २०६४ को जस्तै नतिजा हामी ल्याउन सक्छौँ।’

उनले सम्बोधनका क्रममा मुलुकको भ्रष्टाचार, विसंगति र अनियमितता हटाउने अभियानमा सरकार रहेको पनि बताए।

दाहालले भ्रष्टाचार अन्त्य गरी सुशासन र विकासको नेतृत्व आफूले गरिरहेको बताउँदै अहिले सत्ता गठबन्धनमा कुनै गडबडी नदेखिएको पनि जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu