ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाँणलाई भेट्नेको लर्को, रायमाझीलाई पूरै बेवास्ता, बरू भेट्छन् माओवादीकै नेता


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ४ : ४५   बजे

काठमाडौं, ३२ साउन । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण जेलमा छन् । हाल जेलमा रहेका कैदीहरूमध्ये राज्यको उच्च तहमा पुगेर जेल जीवन भोगिरहेका उनीहरू नै कारागारका लागि भीआईपी कैदीु हुन् ।

रायमाझी र खाँणबाहेक नेपाल सरकारका बहालवाला सचिव टेकनारायण पाण्डेले पनि जेल जीवन भोगिरहेका छन् । सुन्धारा कारागारमा रहेका उनीहरू तीनैजनम गम्भीर फैजदारी अपराध कसुरमा जेल पुगेका हुन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्नता देखिएपछि उनीहरू पक्राउ परेका थिए । जिल्ला अदालत काठमाडौं उनीहरूलाई पुर्पक्षका लागि जेलचलान गर्न आदेश गरेको थियो । जिल्लाको आदेशविरुद्ध उनीहरूले उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

कारागार प्रसाशनका अनुसार खाँण र रायमाझी प्रभावशाली नेता भएका कारण उनीहरूलाई भेट्न नेतारकार्यकर्ताको लर्को नै हुन्छ । उनीहरूलाई भेट्नेहरूको चाप हुने भएकाले कारागार प्रशासनले सामान्य मान्छेको लाइनभन्दा फरक तरिकाले भेटाउने व्यवस्था गरेको छ ।

खाँणलाई भेट्न नेपाली कांग्रेसका शीर्ष तहकै नेताहरू कारागार पुग्ने गरेका छन् । बुधबार साँझमात्रै नेपाली कांग्रेसका नेता शेखर कोइराला कारागार पुगेका थिए । त्यसअघि लुम्बिनी प्रदेश प्रमुख डिल्लीराम चौधरी र गण्डकी प्रदेश प्रमुख सुरेन्द्रराज पाण्डे उनलाई भेट्न कारागार पुगेका थिए । उनीहरू दुईजना भने पटकपटक भेट्न पुगेको कारागार प्रशासनले जनाएको छ ।

तुलनात्मकरूपमा रायमाझीभन्दा खाँणलाई भेट्न आउनेको संख्या धेरै हुन्छ । खाँणकी श्रीमती मञ्जु खाँण भने दिन बिराएर कारागार पुग्छिन् । नेता कार्यकर्ताबाहेक केही उद्योगी व्यवसायीसमेत खाँणलाई भेट्न कारागार पुग्ने गरेका छन् ।

अर्का कैदी राझमाझी एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । तर, उनलाई भेट्न एमालेबाट शीर्ष तहका कुनै पनि नेता कारागार पुगेका छैनन् ।

माओवादीबाट एमाले भएका रायमाझीलाई भेट्न एमालेभन्दा अधिकांश माओवादी कार्यकर्ता नै कारागार पुग्ने गरेका छन् । केहीदिन अघिमात्रै उनलाई भेट्ने माओवादी नेता देवेन्द्र पौडेल कारागार पुगेका थिए ।

रायमाझीका छोरा सन्दीप रायमाझीसमेत हाल सुन्धारा कागारगारमै छन् । पारिवारिक र केही कार्यकर्ताबाहेक उनलाई भेट्न एमालेको तर्फबाट शीर्ष तहका कुनै नेता जेल पुगेका छैनन् ।

रायमाझीले आफन्तसँग एमालेका कोही शीर्ष नेता भेट्न नआएकोप्रति दुखेसो पोख्ने गरेका छन् । त्यस्तै, सचिव पाण्डेलाई भेट्न आफन्त कर्मचारीदेखि केही पूर्वप्रहरी अधिकारीहरू जेल पुन्ने गर्छन् ।

प्रशासन अधिकारीहरूका अनुसार पाण्डे शरणार्थी प्रकरणमा मुछिएकामध्ये सबैभन्दा बढी निराश देखिन्छन् । पाण्डे जिल्ला अदालत काठमाडौंले पुर्पक्षको आदेश गरेलगत्तै अदालतमै भक्कानिएर रोएका थिए । कारागारभित्र पनि आफन्त आउँदा उनका आँखा रसाउने गरेको पाण्डेलाई भेट्न गएका एक पूर्वप्रहरी अधिकारीले बताए ।

जिल्ला अदालत काठमाडौंले रायमाझी, खाँण र पाण्डेसहित १६ जनालाई १ असारमा पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।

मर्निङ वाक गर्छन् खाँण

बिहान प्रायस् ७ बजे उठ्ने खाँण कारागारको आन्तरिक प्रशासन हेर्ने चौकिदारहरूसँगै ुवाकिङु गर्छन् । रायमाझीको दैनिकी पनि ुवाकिङु गरेर नै सुरु हुन्छ । वाकिङ गरेपछि उनीहरू दुवैजना पत्रपत्रिका पढ्ने गरेको कारागारले जनाएको छ ।

केही दिनअघि भने रायमाझी ब्याडमिन्टन खेल्न खोज्दा चिप्लिएर लडेपछि खेल्न छाडेका छन् । रायमाझी प्रायस् सानो रेडियो सुन्ने गरेको कारागारका चौकिदारहरूको भनाइ छ । दिउँसो भने प्रायस् उनीहरू भेटघाटमै व्यस्त हुने गरेका छन् ।

खानाका लागि भने उनीहरू अन्य कैदीहरूसँगै कारागारकै मेसमा खाना खान्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu