ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब २५० रुपैयाँमा टिभी हेर्न मिल्ने, यस्तो छ सशुल्क च्यानलको मूल्य


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ३ : २६   बजे

काठमाडौं, ८ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आला कार्ट प्रणाली लागु गर्दै टेलिभिजनको न्यूनतम प्याकेज र सशुल्क टिभी च्यानलको मूल्य सार्वजनिक गरेको छ ।

मन्त्रालयले भदौ ७ गतेको मन्त्रीस्तरीय निर्णय सार्वजनिक गर्दै निःशुल्क टिभी च्यानलहरू हेर्न न्यूनतम शुल्क २५० रुपैयाँ तोकेको हो ।

मन्त्रालयले एक सूचना जारी गर्दै सशुल्क च्यानलहरूका लागि नयाँ बुके मूल्य निर्धारण गरेको छ ।

आला कार्ट प्रणाली कार्यान्वयनमा ढिला सुस्ती
मन्त्रालयले यसअघि तोकेको बुके मूल्य ४० रुपैयाँभन्दा फरक अहिले च्यानलअनुसार कायम गरेको छ ।

मन्त्रालयले यसअघि आला कार्ट प्रणाली नमान्ने विदेशी सशुल्क च्यानल बन्द गर्ने सूचना जारी गरेको थियो । त्यसपछि सम्पर्कमा आएका च्यानलहरूका लागि मन्त्रालयले अहिले नयाँ बुके मूल्य सार्वजनिक गरेको हो ।

सशुल्क कुन च्यानलको कति छ मूल्य ?
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार स्टार इन्डिया प्रालिको सम्पूर्ण पेटिभी च्यानल तथा बुकेको मूल्य प्रतिग्राहक प्रतिमहिना अधिकतम ६५ रुपैयाँ तोकिएको छ ।

यस्तै, सोनी पिक्चर्स नेटवर्क इन्डिया प्रालिको पनि मासिक शुल्क ६५ रुपैयाँ तोकिएको छ ।

इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन प्रालि र जी इन्टरटेनमेन्टको मासिक शुल्क पनि अधिकतम २५र२५ रुपैयाँ रहेको छ ।

बेन्नेट कोलमन एन्ड कम्पनी लिमिटेडको प्रतिग्राहक अधिकतम तीन रुपैयाँ तोकिएको छ ।

त्यस्तै, डिस्कभरी नेटवर्क एसिया प्यासिफिक प्रालिले प्रतिग्राहक २० रुपैयाँ, बीबीसी स्टुडियो ड्रिस्ट्रिब्युसन लिमिटेडले दुई रुपैयाँ र होम बक्स अफिस सिंगापुर प्रतिग्राहक प्रतिमहिना १५ रुपैयाँ लिन पाउनेछ ।

आलाकार्ट लागु भएसँगै अब, न्यूनतम सेवा शुल्क २५० रुपैयाँ र थप बुकेहरूको अधिकतम २५० गरी सेवा प्रदायक कम्पनीले उपभोक्ताबाट मासिक ५०० रुपैयाँभन्दा बढी लिन पाउने छैन ।

Loading…

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu