ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालबाट १७४ प्रतिशत बढीले विदेशी लगानी फिर्ता


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ४ : ००   बजे

काठमाडौं, ८ भदौ । नेपालमा लगानी गरेका विदेशी कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८० करोड रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका छन्। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक अवस्था अनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १ सय ७४ प्रतिशत बढीले नेपालबाट लगानी फिर्ता भएको हो।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालबाट भारतीय लगानीकर्ता बाहिरिँदा गत वर्ष उच्च लगानी फिर्ता देखिएको हो। भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपले सन् १९९४ मा मणिपाल मेडिकल कलेज सञ्चालन गरेको थियो। मेडिकल कलेज सञ्चालनमा अवरोध भएको भन्दै भारतीय पक्षले आफ्नो लगानी बेचेको हो।

व्यवसायी आनन्दराज बतास र नारायण पौडेलले ७५० शय्याको मणिपाल अस्पताल सवा ३ अर्ब रुपैयाँमा खरिद गरेका थिए। मणिपाल ग्रुपले १९९२ मा नेपाल सरकारसँग सम्झौता गरेर मेडिकल कलेज स्थापना गरेको थियो। सरकारले मणिपाललाई ४९ वर्षको अवधि दिएको थियो। तर २७ वर्षमात्रै चलाएर २२ वर्ष सम्झौता अवधि बाँकी छँदै भारतीय पक्षले लगानी फिर्ता लगेको हो। अस्पतालमा ११ सय बढी कर्मचारी कार्यरत छन्।

राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८र०७९ मा ६५ करोड ८७ लाख रुपैयाँ लगानी फिर्ता भएको थियो। आर्थिक वर्ष २०७७र०७८मा नेपालमा लगानी गरेका विदेशी कम्पनीले ३९ करोड ६७ लाख रुपैयाँ लगानी स्वदेश फिर्ता लगेका थिए।

गत आर्थिक वर्षमा ७ अर्ब ७६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो। लगानी फिर्ता भएको रकम घटाउँदा खुद् वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँमात्र थियो। जुन अघिल्लो आर्थिक वर्षभन्दा ६८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षमा लगानी फिर्ता घटाउँदा १८ अर्ब ५६ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu