ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ


एबीसी न्यूज
८ भदौ २०८०, शुक्रबार   ४ : ०८   बजे

काठमाडौं, ८ भदौ । वैदेशिक रोजगारीका लागि ग्रिस गएका एक नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौंका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई काठमाडौंको गैरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने यदुराज थापाको छोरी वर्ष २५ की सबित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ३ बस्ने तिलक बहादुर कार्कीको छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोकको नमोबुद्ध–१ मथुरापाटी बस्ने वर्ष ३० को पोखनाथ सत्यालको छोरा राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए।

सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण पुनः लुकी छिपी ग्रीस प्रवेश गरे। त्यस क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगी समेतले उनीहरुलाई अपहरण गरी, डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना तथा डर त्रास देखाई, ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरे।

त्यसबारे पीडितका आफन्तले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा जानकारी दिएपछि प्रहरीले सो सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो।

ग्रिस तथा दुवईबाट ह्वाट्सएप मार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका चारै जनालाई भदौ २ गते काठमाडौंको गौरिघाट डेरा कोठाबाट फिरौती रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

साथै, ग्रीसमा बन्धक बनाई राखेका पीडितहरू समेतलाई सकुशल उद्दार गर्न प्रहरी सफल भएको छ।

पक्राउ परेकामध्ये शिवराज कुँवरको भूमिका नेपालमा फिरौती रकम लिने रहेको थियो। यस्तै, रामेश्वर अर्याल नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसंग लिन सम्पर्क भएको व्यक्ति हुन् भने हाल वैदेशिक रोजगारको सिलसिलामा दुवई रहेका प्रकाश बेलबासेको काम दुवईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

यस्तै, दिलबहादुर थापा दुवईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने व्यक्ति हुन्।

पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भईरहेको सीआईबीले जनाएको छ।

साथै, प्रहरीले वैदेशिक रोजगारीको लागी विदेश जाँदा नेपाल सरकारको श्रम स्वीकृती भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पुरा गरी जान आग्रह गरेको छ। हालका दिनहरूमा यस्ता घटनाबाट धेरै नेपाली पीडित भएको भन्दै प्रहरीले गैर कानुनी रूपमा विदेश जाँदा हुन जाने यस्ता घटनाको अनुसन्धान तथा उद्दार गर्न जटिल रहेको समेत सुचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group