ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा धेरै


एबीसी न्यूज
९ भदौ २०८०, शनिबार   १२ : ४६   बजे

काठमाडौ भदौ ९ । चितवन जिल्ला अदालतमा सबै भन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका मुद्दा मात्र एक हजार दुई सय १६ दर्ता भएका छन् ।

यस्तै चेक अनादारको मुद्दा सात सय २२, अंशसम्बन्धी मुद्दा छ सय २६, लागुऔषधसम्बन्धी एक सय ६८ मुद्दा दर्ता भएका थिए ।कार्यालयका सूचना अधिकारी नवराज सापकोटाका अनुसार गत आर्थिक वर्षमा अदालतमा तीन हजार चार सय ३५ मुद्दा दर्ता भएका थिए । गत आवमा अदालतमा जिम्मेवारी सरी आएकासहित पाँच हजार छ सय मुद्दामध्ये ६४ दशमलव ५१ प्रतिशत मुद्दा फछ्र्योट भएको छ ।

सापकोटाका अनुसार जिम्मेवारी सरी आएका एक हजार पाँच सय ६५ मुद्दामध्ये एक हजार तीन सय ४५ मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएका तीन हजार चार सय ३५ मध्ये दुई हजार दुई सय ६८ मुद्दा फैसला भएका छन् । गत आवमा जिम्मेवारी सरी आएका मुद्दा एक हजार नौ सय ८७ रहेको उनले जानकारी दिए ।
सोही समयमा एक सय मुद्दा बालबालिका संलग्न भएका मुद्दा दर्ता भएका छन् ।

कार्यालयका अनुसार मेलमिलापमार्फत तीन सय १० मुद्दा मिलापत्र भएका छन् । मेलमिलापमा पठाइएका एक हजार दुई सय ६५ मुद्दामध्ये आठ सय ४७ मुद्दा फिर्ता भएका छन् भने एक सय आठ वटा मुद्दा विचाराधीन अवस्थामा रहेको सापकोटाले जानकारी दिए ।अदालतले चालु आवका लागि पाँच हजार आठ सय २३ वटा मुद्दा दर्ता हुने र तीन हजार सात सय ८७ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ । यस्तै निवेदनतर्फ दुई हजार दुई सय ६७ दर्ता हुने अनुमान गरिएको छ । चालु आवको साउन महिनामा एक सय ३३ दशमलव ८४ प्रतिशत मुद्दा फैसला गरेको छ । अदालतले साउनमा दुई सय १० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा दुई सय ८१ मुद्दा फैसला गरेको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आफन्तको खोजीमा विदेशबाट नेपाल आउँदैछन् परिवार, ५९१ पर्यटक अझै सम्पर्कविहीन

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu