ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्लास्टिकका दाना भनेर भिर्‍याएकाे दुई ट्रकमा काजु किसमिस


एबीसी न्यूज
९ भदौ २०८०, शनिबार   १ : ४६   बजे

काठमाडौ भदौ ९ । प्लाष्टिकका दाना भनेर अर्कै सामान नेपाल भित्र्याउन खोज्ने दुईवटा ट्रक भैरहवा भन्सार कार्यालय बेलहियाले नियन्त्रणमा लिएको छ।भारतबाट प्लाष्टिकका दाना भनेर बेलहिया भन्सार कार्यालय प्रवेश गरेका दुईवटा ट्रक चेक जांच गर्दा कपडा र काजु किसमिस लगायतका सामान भेटिएको भैरहवा भन्सार कार्यालय श्रोतले जनाएको छ।

भन्सार कार्यालय प्रमुख मनिराम पौडलले कार्यालयलाई प्राप्त सुचनाका आधारमा भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा प्लाष्टिक दाना भनेर घोषणा गरेका २ वटा मालवाहक गाडीहरु चेकजाँच गर्दा ठुलो परिमाणमा कपडा र काजु किसमिस लगायतका खाद्य सामग्री फेला परेपछि नियन्त्रणमा लिईएको बताए । ना ५ ख ३३५ नम्वरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्वरको भारतीय मालबाहक गाडी भन्सार परिषरबाटै नियन्त्रणमा लिइ चेकजांच गरिएको भएपनि चालकहरु तत्कालै फरार भएकोले उक्त सामानको धनी को हो  भन्ने नखुलेको भैरहवा भन्सार कार्यालयका सुचना अधिकारी युवराज भटराईले बताए ।

‘भन्सार कार्यालयको प्रवेशमा घोषणा गर्दा एउटा प्रकृतीको सामान छ भनेको गाडीमा अर्कै समान छ भन्ने सुचनाका आधारमा चेकजांच गर्दा कपडा काजु किसमीस लगायतका सामाग्री भेटिएको छ तर चालकहरु फरार भएका कारण कसको हो भन्ने खुल्न सकेको छैन’सुचना अधिकारी युवराज भटराईले भने।

भन्सार कार्यालयका प्रमुख पौडेलका अनुसार सुक्रवार गरिएको प्रारम्भिक जांचका क्रममा नियन्त्रणमा लिइएका दुईवटा ट्रकहरुबाट करिव २ करोड बरावरका सामान रहेको पाईएको छ। अझै ति समानहरुको मुल्यांकन गर्ने काम हुदै छ हामीले अहिले गाडी बाहेक २ करोडको कपडा र काजु किसमिस लगायतका सामान भएको अनुमान गरेका छौं भन्सार प्रमुख पौडेलले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group