ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल, भट्टराई र पौडेललाई प्रहरीले, शाहलाई सरकारी वकिलले दिए छुट


एबीसी न्यूज
१० भदौ २०८०, आइतबार   १ : १७   बजे

काठमाडौं, १० भदौ । ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा दायर गरेको छ ।

नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा चलाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेश खत्रीले जानकारी दिए ।

खत्रीले  भने, “सुधीरकुमार शाहको कतै पनि हस्ताक्षर भेटिएन, त्यसकारण उहाँलाई मुद्दा चलाउन प्रमाण नपुगेको ठहर गर्दै प्रतिवादीबाट हटाइएको हो ।”

सो प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईलाई भने प्रहरीले प्रतिवादी नै नबनाई प्रतिवेदन बुझाएको थियो । उनीहरूसँगै तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई पनि प्रतिवादी बनाइएको छैन ।

“पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराई अनि पूर्वमुख्यसचिव पौडेललाई त प्रहरीले नै प्रतिवादी बनाएको छैन,” खत्रीले भने, “प्रहरीले प्रतिवादी बनाएर हाम्रोबाट हटाइएको नामचाहिँ शाहको मात्र हो ।”

पूर्वनिर्वाचन आयुक्त शाह ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका थिए । उनलाई ६२ दिन हिरासतमा राखेर अनुसन्धान गरी प्रहरीले प्रतिवादी बनाएर सरकारी वकिलमा प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धानका क्रममा उनले मालपोत कार्यालय भक्तपुरको प्रमुख भएको समयमा श्रीमती उर्मिला शाहको नाममा ११ आना दुई पैसा जग्गा लिएको देखिएको थियो । सुधीरपत्नी उर्मिला र गेहनाथ चापागाईंपत्नी भुवनकुमारीका नाममा कित्ता नम्बर–३६ को एक रोपनी दुई पैसा जग्गा संयुक्त रूपमा नै भेटिएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सीआईबीले शाहविरुद्ध २९ करोड ३२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा चलाउन राय दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

Forging Cross-Himalayan Digital Corridors: Opportunities and Development Prospects of China–Nepal Digital Economy Cooperation

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group