ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्याट विवरणमा गल्ती भयो? अब सात दिनभित्रै घरबाटै सच्याउन पाइने


ABC NEWS
९ भदौ २०८३, मंगलबार   २ : ०५   बजे

काठमाडौं । आन्तरिक राजस्व विभागले कर प्रणालीलाई थप पारदर्शी, प्रविधिमैत्री र करदातामैत्री बनाउने उद्देश्यसहित नयाँ कानुनी तथा प्राविधिक व्यवस्था कार्यान्वयनमा ल्याएको छ। नयाँ व्यवस्थाअनुसार अब मूल्य अभिवृद्धि कर (भ्याट) विवरणमा भएको त्रुटि करदाताले सात दिनभित्र आफैँ संशोधन गर्न सक्ने भएका छन्।

करदाताले भोग्दै आएका प्रशासनिक झन्झट घटाउने, कर प्रशासनलाई सहज बनाउने तथा राजस्व परिचालनमा हुन सक्ने सम्भावित हेरफेर र चलखेल नियन्त्रण गर्ने उद्देश्यले सुधारका कदम चालिएको आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले बताएका छन्।

सामान्य गल्ती सच्याउन अब कर कार्यालय धाउनुनपर्ने

यसअघि भ्याट विवरण भर्ने क्रममा सामान्य अंकगत त्रुटि भए पनि त्यसलाई सच्याउन करदाता कर कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो। एउटा शून्य बढी वा कम भएकोजस्तो सामान्य त्रुटि सुधार गर्नसमेत लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्था थियो।

नयाँ व्यवस्थापछि भने करदाताले विवरण दाखिला गरेको सात दिनभित्र आफैँ प्रणालीमा गएर विवरण रुजु गर्न र आवश्यक संशोधन गर्न सक्नेछन्।

“पुरानो प्रणालीमा विवरण प्रविष्ट भइसकेपछि सच्याउन कठिन हुन्थ्यो, जसका कारण करदाताले निकै सास्ती भोग्नुपरेको थियो,” महानिर्देशक भुसालले भने, “अहिले सात दिनको समय दिइएको छ। यस अवधिमा करदाताले घरमै बसेर आफ्नो विवरण रुजु गरी गल्ती सच्याउन सक्नेछन्।”

विभागका अनुसार यस व्यवस्थाले कर कार्यालयमा हुने अनावश्यक भीड घट्नुका साथै करदाताको समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।

ईटीडीएस प्रणाली पनि थप कडाइका साथ कार्यान्वयन

विभागले विद्युतीय माध्यमबाट स्रोतमा कर कट्टी गर्ने ईटीडीएस प्रणालीलाई पनि थप व्यवस्थित र समयबद्ध बनाएको जनाएको छ।

हालको कानुनी व्यवस्थाअनुसार स्रोतमा कर कट्टी गरिएको रकम प्रत्येक महिनाको २५ गतेभित्र दाखिला गरिसक्नुपर्ने व्यवस्था छ। तर कतिपय निकायले रकम आर्थिक वर्षको अन्त्यसम्म ‘होल्ड’ गरेर राख्ने र अन्तिम समयमा मात्र दाखिला गर्ने प्रवृत्ति देखिएको विभागले जनाएको छ।

महानिर्देशक भुसालका अनुसार अब कर कट्टी भएको रकम समयमै प्रणालीमा प्रविष्ट हुनुपर्नेछ। यदि अर्को महिनाको २५ गतेसम्म पनि सम्बन्धित रकम प्रणालीमा नदेखिएमा करदाताले आफ्नो नाममा कट्टी भएको रकम कहाँ र किन रोकिएको छ भन्नेबारे प्रश्न उठाउन सक्नेछन्।

‘ब्याक डेट’मा इन्ट्री गरी हेरफेर रोक्ने तयारी

कर प्रशासनमा देखिने सम्भावित अनियमितता नियन्त्रणका लागि प्रणालीलाई थप समयबद्ध र अनिवार्य बनाइएको विभागले जनाएको छ।

महानिर्देशक भुसालका अनुसार कतिपय अवस्थामा करको दायित्व कम देखाउन पछिल्लो मितिमा विवरण तयार गरी पुरानो मितिमा प्रविष्ट गर्ने अर्थात् ‘ब्याक डेट’मा इन्ट्री गर्ने प्रयाससमेत हुने गरेको छ।

अब प्रणालीलाई समयसीमासँग जोडेर अनिवार्य बनाइएकाले यस्ता सम्भावित हेरफेर र म्यानुपुलेसन नियन्त्रण हुने विभागको विश्वास छ।

‘कर प्रशासनमा सुशासनको नयाँ प्रयास’

आन्तरिक राजस्व विभागले चालेका यी सुधारका प्रयासले करदातालाई सहज सेवा उपलब्ध गराउनुका साथै कर प्रशासनलाई थप पारदर्शी र जवाफदेही बनाउने अपेक्षा गरिएको छ।

प्रविधिको प्रयोगमार्फत करदाता र कर प्रशासनबीचको प्रत्यक्ष झन्झट कम गर्दै स्वचालित तथा पारदर्शी प्रणाली विकास गर्ने दिशामा विभाग अघि बढिरहेको महानिर्देशक भुसालले बताएका छन्।

भ्याट विवरण सच्याउने सातदिने सुविधा, ईटीडीएस रकम समयमै प्रणालीमा देखिनुपर्ने व्यवस्था र ‘ब्याक डेट’मा हुने सम्भावित हेरफेर नियन्त्रणका उपायलाई कर प्रशासन सुधारको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

प्रचण्ड–माधव बैठकपछि बागमती सरकारलाई राहत, ८ सांसद विश्वासको मत दिन सकारात्मक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US Plans Mass Visa Revocation Targeting Up To 200,000 Asylum Seekers

Madhesh Province Sees Surge in New Industry Registration Despite Closures

Global Ocean Temperatures Reach Record High Amid Intensifying El Niño

Pakistan Reports Progress in Talks Aimed at De-escalating US-Iran Conflict

Tunisia Searches for Missing After Migrant Boat Sinking Triggers Protests

३६ वर्षको अनुभव सुनाउँदै अञ्जन श्रेष्ठको चेतावनी : ‘अर्थतन्त्र यस्तो कठिन अवस्थामा कहिल्यै देखेको थिइनँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu