ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बडीमालिका दर्शनका लागी गएका दुइजना तिर्थयात्रीको लेक लागेर मृत्यु


एबीसी न्यूज
१३ भदौ २०८०, बुधबार   १२ : १३   बजे

बाजुरा १३ भदौ ।  सुदुरपश्चिमको  धार्मिक तथा पर्यटकीय बडीमालिका मन्दिरको दर्शनका  लागि गएका दुइ  जना तिर्थयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको   ११ गते  सुर्खेतमा उपचारका क्रममा मृत्यु भइसकेको थियो भने   मंगलवार राती ८ बजे  त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको छ ।

बडीमालिकाको दर्शनका लागि गएका   न्यौपाने   अक्सिजन अभावका कारण घाइते भएका  अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका लागि संचालन गरेको मेडिकल क्याम्पसमा उपचारका गर्दा यहाँ उपचार संभ नहुदाँ  सेनाको हेलिकप्टर मार्फत  सुर्खेत लिएका थिए । सुर्खेतमा  उपचारका क्रममा मृत्यु भइसकेको हो  । त्रिवेणी नगरपालिका वडा १ का २३ वर्षिय  बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका लागि संचालन गरेको मेडिकल क्याम्पसमा उपचारका क्रममा मंगलबार राति ८ बजेर ४२ मिनेटमा मृत्यु भएको जानकारी  जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अक्सिजन अभावका कारण एक महिलाको सेनाको मेडिकलमा उपचारमा राखिएको छ । अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया इश्वरी बोहरा रहेकी छन् ।  उनलाइ  लेक लागेर अक्सिजन अभाव भएपछि विरामी भएको  बताए ।   बडीमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त विरामी  बोहरालाई ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टरको लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराकाले बताएका छन्।

तिर्थयात्रा गएका बुढा र विरामी बोहरालाई सेनाको हेलिकप्टर मार्फत ल्याउने गरी गृह मन्त्रालयसंग पहल भइरहेको जानकारी आएको उनले बताए । ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group