ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्लभ पाटे बाघको राम्रो वासस्थान बन्दै मध्यवर्ती क्षेत्र


एबीसी न्यूज
२६ माघ २०७४, शुक्रबार   ११ : ५७   बजे

 

 चितवन, २६ माघ ।  चितवनका मध्यवर्ती क्षेत्र दुर्लभ वन्यजन्तु पाटे बाघको राम्रो वासस्थान बन्दै गएको पाइएको छ । चितवनको टिकौली जंगलमा गरिएको एक अध्ययनले यस्तो देखाएको हो ।

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविकमार्ग (करिडोर) क्षेत्रमा दुर्लभ पाटे बाघलगायत वन्यजन्तु र तिनिहरुको अवस्थाबारे अध्ययन भइरहेको छ ।

गएको छ महिनादेखि जारी अध्ययनका क्रममा चितवन निकुञ्जभित्र मात्रै नभई मध्यवर्ती क्षेत्रमा समेत पाटे बाघले वासस्थान बनाएर बसेको पाइएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेले जानकारी दिनुभयो । अझै थप छ महिना सो क्षेत्रमा अत्याधुनिक क्यामेरा राखेर क्यामेरा ट्र्यापिङ विधिबाट अध्ययन गरिने उहाँको भनाइ छ ।

जैविकमार्गमा पर्ने राजमार्गमा अन्य जनावरसँगै बाघसमेत ओहोरदोहोर गर्ने गरेको र बाघले बरण्डाभारमा वासस्थानसमेत बनाएको पाइएको लामिछानेले जानकारी दिनुभयो ।

जैविकमार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न यहाँ क्यामेरा ट्र्यापिङ विधिबाट अनुसन्धान भइरहेको छ ।

राजमार्ग आसपास क्षेत्रमा अत्याधुनिक प्रविधिको स्वचालित क्यामेरा राखेर गरिएको अनुसन्धानमा राजमार्ग काटेर बाघले तल र माथि गर्ने गरेको समेत पाइएकाले सो क्षेत्र अति संवेदनशील रहेको अनुसन्धानकर्ताले बताएका छन् । सवारी चलाउँदा ध्यान दिन उनीहरुले आग्रह गरेका छन् ।

“दुई वटा भाले बाघले राजमार्ग कटेर तलमाथि गरेको पाइयो, एउटा लंगडो छ, दुई वटा पोथी बाघ राजमार्गसम्म पुगेको भेटियो”, छ महिनाको अनुसन्धानबारे अनुसन्धान अधिकृत लामिछानेले भन्नुभयो ।

राजमार्गको कुन ठाउँ बाघले बढी प्रयोग गर्छन् भन्नेबारेमा तीन वटा क्यामरा थप राखेर अनुसन्धान जारी रहेको उहाँको भनाइ छ । बाघले वफर्जुनमा आफ्नो क्षेत्र (टेरिटोरी) नै बनाएर बसेको समेत अनुसन्धानले देखाएको छ ।

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अवस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा डा आशिष गुरुङको नेतृत्वमा यहाँ अध्ययन भइरहेको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहा, जिल्ला वन, राष्ट्रिय निकुञ्ज तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा यहाँ अध्ययन भइरहेको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले सो क्षेत्रमा बाघ, गैँडा, चित्तललगायत वन्यजन्तुको अवस्था पत्ता लगाउन अनुसन्धान थालिएको बताउनुभयो । यहाँ १९ स्थानमा ३४ वटा अत्याधुनिक क्यामरा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group