ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगलमा आवासीय दूतावास खोल्ने सरकारको तयारी (तर निर्णय गोप्य)


एबीसी न्यूज
५ कार्तिक २०८०, आइतबार   १० : ५५   बजे

काठमाडौँ, ५ कात्तिक। सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय दूतावास खोल्ने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद्‌ बैठकले त्यससम्बन्धी निर्णय लिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो। तर निर्णय गोप्य राखिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा नयाँ दूतावास खोल्ने निर्णय भएको स्रोतको भनाइ छ। अब कांग्रेस पार्टीको कोटामा पोर्चुगलमा राजदूत नियुक्ति हुनेछ।

‘देउवा निकटका नेता, व्यापारी वा कसैलाई राजदूत बनाउने योजनाअनुसार उक्त निर्णय भएको हो’, प्रधानमन्त्रीनिकट स्रोतले  भन्यो। मन्त्रिपरिषद्‌ बैठकअघि यस विषयमा देउवा र प्रधानमन्त्री प्रचण्डबीच सहमति भएको  स्रोतले बतायो।

आर्थिक मन्दीले मुलुक जर्जर भएका बेला युरोपेली मुलुकमा दूतावास खोल्ने निर्णय गर्नाका पछाडि व्यक्तिगत र निजी स्वार्थ गाँसिएको जानकार कर्मचारीहरु बताउँछन्। नयाँ दूतावास खोल्दा मुलुकलाई वार्षिक करोडौँ आर्थिक व्ययभार थपिनेछ।

हाल नेपालका ३० आवासीय दूतावास, ३ स्थायी नियोग र ७ महावाणिज्य दूतावास गरी विदेशमा ४० वटा कूटनितिक नियोग छन्। जसका लागि राज्यकोषबाट बर्सेनि अर्बौं खर्च हुन्छ। तर ती नियोगमा राज्यले गरेको लगानीको प्रतिफल न्यून छ।

सरकारी कर्मचारीलाई विदेश पोस्टिङको अवसर र सत्तामा हुने राजनीतिक दललाई आसेपासे, राजनीतिक निकटस्थलाई भर्ती गर्ने केन्द्रझैँ देखिन्छन्। नेपालको कूटनीति सञ्चालनमा दूतावासको भूमिका अहम् ठानिन्छ।

कूटनीतिक प्रतिनिधित्व एवम् नेपालीका हकहितका सवाल सम्बन्धित मुलुकसँग स्पष्ट राख्न दूतावासले भुमिका खेल्नुपर्ने हुन्छ।

एकातिर अहिले क्रयाशील नेपाली दूतावास र नियोगका कामरकारबाही सन्तोषजनक नरहेको टिप्पणी कूटनितिक वृत्तमा निरन्तर हुने गरेको छ भने अर्कातिर नेपाली आप्रवासी कामदार बढी रहेका खाडीलगायत क्षेत्रका दूतावासमा कर्मचारी अपुग छन्।

अर्थविद तथा परराष्ट्र विज्ञहरुले पटकपटक दूतावास संख्या पुनरवलोकन गर्न सुझाव दिइरहेका छन्। तर ती सुझावविपरीत सरकारले नयाँ दूतावास खोल्ने निर्णय लिएको हो।

त्यतिमात्रै होइन, सरकारले हरेक वर्ष बजेट घोषणा गर्दा विदेशस्थित दूतावास संख्या पुनरवलोकन गर्ने बताउने गरेको छ।

प्रचण्ड नेतृत्वको सरकारले पनि गत असारमा बजेट वक्तव्यमा दूतावास संख्या पुनरवलोकन गर्ने भनेको थियो। तर अहिले कांग्रेसको राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास खोल्ने निर्णय सरकारले गरेको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group