ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतान्याहूले गरे युद्धविराम गर्न अस्वीकार, हमासलाई ‘समाप्त’ पार्ने वाचा


एबीसी न्यूज
१४ कार्तिक २०८०, मंगलबार   १२ : ३३   बजे

काठमाडौं, १४ कात्तिक । जेरुसेलम, इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले हमासविरुद्ध युद्धविराम गर्न स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।

“युद्धविराम गर्नु भनेको हमास र आतंकवादसँग आत्मसमर्पण गर्नु हो,” युद्धविरामका निम्ति संयुक्त राष्ट्रसंघीय एजेन्सीको माग अस्वीकार गर्दै सोमबार उनले भने ।

“यस्तो हुने छैन,” विदेशी पत्रकारसँग उनले भने, “इजरायलले विजय नभएसम्म यो लडाइँ लडिरहने प्रतिज्ञा गरेको छ ।”

अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले युद्धको घोषणा गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार ४०० जना मारिएका थिए । २३० नागरिकलाई बन्धक बनाइएको थियो ।

त्यसयता इजरायलले हमास शासित गाजामा ठूलो हवाई बमबारी अभियान चलायो । सेनाले उत्तरी गाजा क्षेत्रमा इजरायली सैनिकको तस्बिर जारी गरेको छ । सोमबार प्रत्यक्षदर्शीले गाजाको बाहिरी भागमा ट्यांकहरू रहेको बताएका छन् ।इजरायलले २४ घण्टामा ६०० लक्ष्यमा निसाना बनाएको जनाएको छ । यो अहिलेसम्मको सबैभन्दा ठूलो बमबारीमध्येको एक हो । सेनाले हमासबाट हराइरहेकी एक महिलालाई बचाएको जनाएको छ ।

प्रधानमन्त्री नेतान्याहूले युद्धले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन् । उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमला दोहोरिने सम्भावना हुँदैन ।

इजरायलले अक्टोबर ७ मा हमास र अरू प्यालेस्टाइनी लडाकु समूहले बन्धक बनाएकाहरूलाई मुक्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।

संयुक्त राष्ट्रसंघले बारम्बार मानवीय युद्धविरामको आह्वान गरेको छ । सोमबार प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी यूएनआरडब्ल्यूले इजरायलले घेराबन्दी गरेको क्षेत्रमा मानवीय सहयोग पूरा गर्न अपर्याप्त रहेको भन्दै त्यहाँ सीमित संख्यामा ट्रकहरू प्रवेश गरेको जनाएको थियो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनमा तीन सवारीसाधन ठोक्किँदा एक युवकको मृत्यु

खैरहनी दुर्घटनामा ज्यान गुमाउने दुईजना सहोदर दिदीभाइ

सम्बन्धित

अमेरिका–क्यानडा व्यापार विवाद चर्कियो, क्यानडाले पनि जवाफी ट्यारिफ लगाउने

इजरायलमा जेल सुरक्षाका लागि गोही प्रयोग गर्ने प्रस्ताव, सरकारी निकायमै विरोध

बगदादको आग्रहपछि इरानद्वारा केही इराकी तेल ट्याङ्करलाई हर्मुज पार गर्न अनुमति

भूमिगत क्षेप्यास्त्र केन्द्रको फुटेज सार्वजनिक गर्दै इरानले बढ्दो सैन्य क्षमता देखायो

बंगालको खाडीमा मालवाहक जहाज डुब्यो, २२ चालक दलका सदस्य बेपत्ता

पेन्टागनद्वारा ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकार हटाइए, सम्पादकीय स्वतन्त्रतामाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu