ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र एमालेबीच संसदको प्रभावकारितालाई लिएर संसदमै आरोप-प्रत्यारोप


एबीसी न्यूज
१६ कार्तिक २०८०, बिहिबार   ३ : १६   बजे

काठमाडौं, १६ कात्तिक । संसदको कामकारबाही, प्रभावकारिता र संसदको अवरोधको विषयलाई लिएर कांग्रेस र एमालेबीच संसदमै आरोप(प्रत्यारोप भएको छ ।

बिहीबार संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभामा भएको सदनको कामकारबाहीको समीक्षात्मक बैठकमा पार्टीकातर्फबाट बोल्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल संसद प्रभावकारी नभएको स्वीकार गरे । जति गर्न सकिन्थ्यो त्यति गर्न नसकेको स्वीकार गरेका दुवै नेताले दोष आफूमा नभई अर्को पक्षमा रहेको भनी आरोप लगाए ।

संघीय संसदको चालू अधिवेशन २४ वैशाख २०८० देखि सुरू भएको हो । झण्डै सात महिना चलेको अधिवेशनमा गर्न सकिने धेरै काम नगरिएको वा गर्न नसकिएको प्रमुख सचेतक लेखकले बताए । यसका पछाडि संसदमा भएको अवरोधलगायतका घटना भएको उनको भनाइ छ ।

पहिले बोलेका कांग्रेस संसदीय दलका प्रमुख सचेतक लेखकले संसदमा भएको अवरोधको असर संसदको कामकारबाहीमा परेको बताए । ‘चालू अधिवेशनमा अवरोध पनि बेहोर्नुपर्‍यो । प्रतिनिधिसभाको बैठक ११ पटक त सूचना टाँस गरेर स्थगित भएको छ’ उनले भने, ‘फरक विचार राख्न पाइन्छ र पाउनुपर्छ । यही नै बुलवाद हो । तर, संसद अवरोध नै गर्नु गलत हो ।’

संसदलाई विरोध र समर्थनको थलो मात्रै बनाउन नहुने र आगामी अधिवेशनदेखि संसद अवरोधको संस्कृति अन्त्य गरेर सहमति र संवादको उच्चतम थलो बनाउनुपर्ने उनले बताए ।

‘यो अधिवेशन सात महिना सञ्चालन गरेका छौं । यो सात महिनामा हामीले गर्नुपर्ने जति काम गर्न सकेनौं । गर्न सकिने जति कानुनहरु पारित गर्न सकेनौं । यसले सदनको प्रभावकारिता कमजोर देखियो’ उनले भने ।

सदन प्रभावकारी भएन भने सरकार र व्यवस्था प्रभावकारी नहुने पटक(पटक दोहोर्‍याएका उनले दोहोर्‍याएरै भनेका छन्, ‘सदन र सरकार प्रभावकारी भएन भने व्यवस्था प्रभावकारी हुँदैन ।’

त्यसपछि बोलेका एमालेका उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेलले संसद प्रभावकारी नभएको स्वीकार गरे । यसको कारण सरकारको व्यवहार र दृष्टिकाण भएको उनको टिप्पणी छ ।

‘सात महिना यो अधिवेशनको बैठक चल्यो । तर अहिले समीक्षा गर्दा परिणाम निराशाजनक छ’ उनले भने, ‘सरकार र सरकारका दृष्टिकोणका कारण सदन प्रभावकारी हुन सकेन ।’

सरकार सदन प्रभावकारी हुन्छ कि भनेर भयभित भएको देखिएको उनको टिप्पणी छ । संसद अवरोध बाध्यतावश गर्नुपरेको उनको जवाफ छ ।

‘सदन प्रतिपक्षको भनिन्छ । सदनको आवाज सरकारले सुन्छ भन्ने सन्देश दिनुपर्छ । सदनमा जायज मागहरु भन्नका लागि, सुनाउनका लागि र मञ्जुर गराउनका लागि प्रतिपक्षले आवाज मात्रै उठाएर पुगेन, वेल घेर्नु पर्ने अवस्था सिर्जना भयो’ एमाले उपाध्यक्ष पौडेलले भने ।

सत्तापक्षले प्रतिपक्षले आवाज उठाउँदा त्यसलाई सुन्नु पर्ने र ग्रहण गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘अनि मात्र सदनको अवरोध खुनाउन सकिन्छ भन्ने सत्यबोध हुन्छ ।’

सदनमा सरकारले सांसदको भूमिकालाई उपेक्षा गर्ने काम गरको पनि उनले आरोप लगाए । सांसदले भ्रष्टाचार, सुशासन, प्रभावकारी सेवा प्रवाह, विकास निर्माण, महँगी नियन्त्रण, राष्ट्रिय हित र सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्धलगायत राष्ट्रिय सरोकारका प्रश्न निरन्तर आवाज उठाएको तर सरकारले जननिर्वाचित सांसदका आवाजलाई सुन्ने र ग्रहण गर्न कुनै कदम नचालेको उनले बताए ।

संसद अवरोधै गरेर दबाब नदिएको भए सुन तस्करी जाँच बुझ आयोग हुने वातावरण नबन्ने उनको भनाइ छ । ‘निरन्तर आवाज उठाउँदा पनि नसुनिएपछि सदन अवरोध गरेरै प्रतिपक्षले आयोग गठन गर्ने वातावरण बनाएको हो’ एमाले उपाध्यक्ष पौडेलले भने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group