ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलविद्युत्मा लगानी गर्न अर्थमन्त्रीको आग्रह


एबीसी न्यूज
२३ कार्तिक २०८०, बिहिबार   १ : १२   बजे

काठमाडौं, २३ कात्तिक । अर्थमन्त्री डा। प्रकाशशरण महतले एसियाली देशका बैंकका सीईओहरूलाई नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ३९औँ एसियन बैंकर्स एसोसिएसनको जनरल मिटिङ एन्ड कन्फरेन्समा उनले यस्तो बताएका हुन् ।

नेपालको जलविद्युत् क्षेत्रमा लगानी गरे सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । अर्थतन्त्रका सबै क्षेत्रलाई कार्बनरहित बनाउँदै सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्य रहेको उनले सुनाए ।

उनले सरकारले नीतिगत रूपमा व्यवस्था गरी हरित ऊर्जालाई प्रोत्साहन गर्ने बताए । भारतले यसअघि नेपालबाट १० वर्षमा १० हजार मेगावाट जलविद्युत् खरिद गर्ने प्रतिबद्धता जनाएको उनले उल्लेख गरे ।

जलविद्युत् क्षेत्रमा लगानी गर्नेको सुरक्षामा सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले विश्व बैंक र एडीबीले पनि नेपालका ठूला जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको जानकारी गराए ।

पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुँदै गएको उनले बताए । सरकारले विद्युत् उत्पादन, साना उद्योग र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नीतिगत व्यवस्था गरिरहेको उनको भनाइ छ ।

उनले आमजनतालाई समेत प्रत्यक्ष लाभ हुने गरी ‘ग्रीन’ अर्थतन्त्रको विकासमा जोड दिइएको बताए । बैंक तथा वित्तीय क्षेत्रले मुलुकको अर्थतन्त्र लयमा ल्याउन ठूलो योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

अर्थमन्त्री डा। महतले कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौती भोगिरहेको पनि बताए । विदेशी वित्तीय संस्थाले नेपालमा लगानी गर्दा थप प्रभावकारी देखिएको भन्दै उनले सरकारले ‘डिजिटल फाइनान्सिङ’मा महत्त्वपूर्ण सहयोग गरिरहेको बताए । डिजिटल बैंकिङसँगै विश्वसनीयता र सुरक्षा महत्त्वपूर्ण रहेकामा उनले जोड दिए

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group