ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा मन्त्रीमण्डलले कहिले पाउँछ पूर्णता ?


एबीसी न्यूज
१८ मंसिर २०८०, सोमबार   २ : ५२   बजे

काठमाडौं, १८ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो कार्यकालको ५१ औँ दिनमा बल्ल ३ जना मन्त्रीलाई विभागीय जिम्मेवारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ मन्त्रालय रहेको प्रदेशमा अन्य ५ मन्त्रालय अझै मन्त्रीबिहीन छन् ।

हालै पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गणेशप्रसाद उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शम्शेर राई र भौतिक पूर्वाधार विकास मन्त्रालयमा कमल प्रसाद जबेगूलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।

प्रदेशका सशक्त मन्त्रालयको रुपमा रहेका आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय र खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अझै मन्त्रीविहीन छन् । ती मन्त्रालयका अधिकारीहरु मन्त्री नियुक्त नहुँदा कतिपय कार्यक्रम सम्झौता गर्नै सकस परिरहेको बताउँछन् ।

बजेट कार्यान्वयनको समय घर्किरहेको छ । मन्त्रीहरु चयन नहुँदा चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा ढिलाइ भइरहेको छ भने सरकारको कार्यसम्पादनमा पनि नकारात्मक प्रभाव परिरहेको छ । राजनीतिक दल, सांसद, मन्त्रीविहीन मन्त्रालयका कर्मचारी तथा आम जनतासमेत तत्कालै मन्त्रीहरु नियुक्त भएर प्रदेश सरकारले सशक्त भूमिका खेलेको हेर्न चाहन्छन् । तर, त्यसो हुन सकिरहेको छैन ।

मुख्यमन्त्री केदार कार्की सरकारलाई पूर्णता दिन छलफलमै रहेको बताउँछन् । उनी निकट स्रोतले सत्ता साझेदार दलहरुले आ–आफ्नो भागमा बढी मन्त्रालय माग गरेपछि सहमति हुन नसकेको बतायो । कार्की भने छिटै मन्त्रीमण्डलले पूर्णता पाउने बताउँछन् । ‘मन्त्रीमण्डलले छिटै पूर्णता पाउँछ, दलहरुबिच छलफल भइरहेको छ,’ उनले भने ।

सत्ता गठबन्धन दल माओवादी केन्द्रले ३ मन्त्रालयमा दाबी गरेको छ । नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ मन्त्रालयमा दाबी गरेको छ । तर कांग्रेसले आफैँ ५ मन्त्रालय राख्न चाहिरहेको बताइएको छ ।

उता, सत्ता गठबन्धन दलले सरकारलाई पूर्णता दिँदा सभामुख निर्वाचनको विषयलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । सभामुख चयनले सत्ता गठबन्धनको बहुमत कायम नरहने या रहने भन्ने विषय प्रस्ट हुनेछ । किनकि गठबन्धन दलसँग प्रदेशसभामा जम्मा ४७ सांसदमात्रै छन्, जो बहुमतको सबैभन्दा न्यून संख्या हो ।

गठबन्धनले नै सभामुख लिनुपरेको अवस्थामा भने प्रदेशसभामा सरकारको बहुमत गुम्नेछ । जसले सरकार पुनः जुनसुकै बेला संकटमा पर्न सक्छ । ‘सबै कुरालाई ध्यानमा राखेर सभामुख चयनको काम सकिएपछि अरू विषय अगाडि बढ्छ,’ गठबन्धन दलका एक नेता बताउँछन् ।

सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिन चाहेको छ । राप्रपा पनि त्यसमा सकारात्मक रहेको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ । त्यसैबारे छलफल गर्न मुख्यमन्त्री कार्की आइतबार काठमाडौं गएका थिए । छलफल सकारात्मक रहेको स्रोत दाबी गर्छ ।

उपसभामुख सिर्जना दनुवारले भने दलहरुबिच सभामुख चयनमा सहमति भएपछि आफूले प्रक्रिया अगाडि बढाउने बताइन् । ‘दलहरुबिच सहमति गरेरै सभामुख चयन अगाडि बढ्छ,’ उनले भनिन्, ‘मबाट सभामुख चयनको कुनै प्रक्रिया अवरुद्ध हुँदैन ।’

दलहरुबिचमा यस विषयमा छलफल भइरहेको आफूले जानकारी पाएको उनको भनाइ छ ।

सत्ता गठबन्धन दलहरुले भने मङ्सिर महिनाभित्र सभामुख चयनको विषय सक्ने तयारी गरेको छ । सभामुख चयनसँगै प्रदेशसभाका ७ वटा विषयगत समितिका सभापतिको भागबण्डा पनि सक्ने गठबन्धनको तयारी छ ।

त्यसपछि मात्रै मन्त्रीहरु नियुक्त हुने मुख्यमन्त्री कार्यालय स्रोत बताउँछ । ‘राप्रपाले सभामुखमात्रै लिने कि सरकारमा पनि सहभागी हुने भन्ने विषय सभामुख चयनपछि मात्रै थाहा हुन्छ । राप्रपा पनि सरकारमा आउने भयो भने अहिले नियुक्त भएका मन्त्रीलाई फिर्ता बोलाउन अप्ठ्यारो हुनसक्छ । त्यसो भएकाले प्याकेजमै सहमति गरेर मुख्यमन्त्रीज्यू अगाडि बढ्न खोज्नुभएको हो,’ मुख्यमन्त्री निकट स्रोतको दाबी छ ।

उता, नेकपा एमालेले पनि आधा–आधा कार्यकाल हुने गरी सरकारमा सहभागी हुन आफू तयार रहेको जनाएको छ । रातोपाटीसँग आइतबार कुराकानीका क्रममा एमाले संसदीय दलका नेतासमेत रहेका हिक्मतकुमार कार्कीले केदार कार्की मुख्यमन्त्री बन्ने बेलामा आधा आधा कार्यकाल गर्ने सहमति पनि भएको पनि स्मरण गरे ।

‘अझै पनि कांग्रेस र एमालेबिचमा मात्रै सहकार्य हुने अवस्था भयो भने हामी सरकारमा जान्छौँ,’ उनले भने ।

उता, प्रदेश सभाको बैठक मङ्सिर १९ गतेलाई तोकिएको छ । त्यही दिनदेखि सभामुख निर्वाचनको प्रक्रिया अगाडि बढाउनेबारे छलफल भइरहेको सरकारले जनाएको छ । गत साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएका थिए । कोशीमा गत बिहीबार सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । बैठकले सभामुखको निर्वाचनपछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group