ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको ३३ बोरा चिनी काभ्रेपलाञ्चोकमा बरामद


एबीसी न्यूज
२० मंसिर २०८०, बुधबार   १ : ०३   बजे

काठमाडौ २० मंसिर । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ बीपी राजमार्गअन्तर्गत प्रहरी चेक पोस्टमा आज बुधवार बिहान गाडी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नम्बरको यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा ९१ हजार ६ सय ५० किलो० चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक डीएसपी राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाण्डौ जाँदै गरेको बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको ३३ बोरामा चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको छ ।घटनाक्रमले काभ्रेपलाञ्चोक सदरमुकाम धुलिखेल जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न ठाउँबाट चिनी तस्करी हुने गरेको देखाएको छ ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बीपी राजमार्गअन्तर्गत धुलिखेल–९ को काभ्रेभञ्ज्याङमा गएको कात्तिक तेस्रो हप्ता जाँचका क्रममा गाडीबाट अवैधरूपमा ल्याइएको १० क्विन्टल चिनी बरामद गरेको थियो ।प्रहरीले कात्तिक पहिलो हप्ता यही राजमार्ग हुँदै पनौती तर्फबाट राजस्व छली आएका ९२ बोरा चिनी बरामद गरी ट्रक नियन्त्रणमा लिएको थियो । बीपी राजमार्गमा गाडी जाँचमा अवैधरूपमा चिनी भित्रिने गरेको पाइएपछि नियमित यातायातका गाडी जाँच गर्न थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीपहिरोले विभिन्न जिल्लाका सडक अवरुद्ध, यात्रा गर्दा सतर्क रहन आग्रह

भोटेकोसी बाढीमा भोजपुरका चारजना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu