ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनसेलको सेयर अध्यावधिक भएको छैन रजिष्ट्रार


एबीसी न्यूज
२० मंसिर २०८०, बुधबार   ३ : ५१   बजे

काठमाडौं, २० मंसिर । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अध्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अध्यावधिक नभएको बताएका हुन् ।

आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो । उनले विदेशी लगानीकर्ताले विधि पुर्याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए । “दूरसञ्चार कम्पनीले दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएपछि दर्ता हुन आउने हो,” उनले भने ।

एनसेल विसं। २०७७ अघि प्राइभेट कम्पनी थियो । सार्वजनिक बनाउन उनीहरूले ११ सेयर ६ जनालाई थपेर सार्वजनिक कम्पनी बनेको उनको भनाइ छ ।

टेलिया सनेराले आफ्नो सेयर अफशोर मै बिक्री गरेको उनले बताए । अहिले आजियाटा मालिक भए पनि सेयर रेनोल्ड्सको नै भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

आजियाटाले होल्डिङ नै बिक्री गरेकाले सेयर अद्यावधिक नभएको उनले बताए ।

थपिएका सेयर होल्डरहरु लेना केशरी कंशाकार, कवीन मुर, समीर गौतम, कञ्चन सिंह कार्की, ज्योती दाहाल, उमा महर्जन हुन् ।

११ कित्ता सेयर थपेर सार्वजनिक कम्पनी बनेको पहाडीले स्पष्ट पारे । २० प्रतिशत नेपाली पार्टनर र ८० प्रतिशत रेन्होल्डसकै हो ।

“यो अनुसन्धानको विषय हो । छलफल गर्ने विषय हो । किन कम मूल्यमा बेचियो, काम गर्न वातावरणको विषयमा लगाएको आरोप गम्भीर छ,” रजिष्ट्रार पहाडीले भने, “५०र६० अर्ब थप दायित्व झेल्नु पर्छ भनेर गएको भए बेग्लै कुरा हो ।”

रेन्होल्ड्स कम्पनी परिवर्तन नभएको उनले जानकारी दिए । “एनसेलका कर्मचारीले धेरै थाहा छैन भन्नुभएको छ ।
हाम्रो काम दर्ता गरेर अभिलेख राख्ने र अपडेट गर्ने हो,” पहाडीले भने, “प्राधिकरणबाट आए थाहा हुने हो । अहिलेसम्म हामीकहाँ जानकारी आएको छैन ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group