ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनीलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न आग्रह


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ३ : ५०   बजे

काठमाडौं, २२ मंसिर ।  लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो ९छिमे छिरिङ० डा। ल्हारक्याल लामाले लुम्बिनी क्षेत्रलाई बौद्ध अनुसन्धान केन्द्रका रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय बुद्धिष्ट समुदायसँग आग्रह गरेका छन् ।

भारतीय दूतावास, काठमाडौं र लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा संयुक्तरूपमा आज आयोजित सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीनजना बुद्ध क्रकुच्छन्द बुद्ध, कनकमुनि बुद्ध र शाक्यमुनि बुद्धको जन्मस्थल भएको तथ्य प्रमाणित भएको भन्दै बुद्धको पवित्र जन्मस्थल लुम्बिनी क्षेत्र बौद्ध अनुसन्धानको केन्द्र हुनुपर्ने धारणा राखे ।

बुद्धको पवित्र जन्मस्थलबाट बौद्ध धर्मको सुरुआत भएको भन्दै उपाध्यक्ष डा। लामाले विश्वकै शान्तिको स्रोत बुद्धको पवित्र जन्मभूमि लुम्बिनी रहेको समेत बताए ।

बौद्ध शिक्षाको महत्व विश्वभर भएको र बुद्ध धर्म आस्था मात्रै नभएर दर्शन र सिद्धान्त रहेको जिकिर गर्दै उनले ‘बुद्ध शिक्षा मार्गदर्शक रहेको तथा यसको अनुशरण र परिपालना हुनुपर्नेसमेत बताए । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu