ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न– सरकार मन्दीमा छ, पोर्चुगलमा दूतावास किन ?


एबीसी न्यूज
२२ मंसिर २०८०, शुक्रबार   ४ : ०७   बजे

काठमाडौं, २२ मंसिर । सांसदहरूले पोर्चुगलमा नयाँ दूतावास खोल्नुको औचित्य पुष्टि गर्न परराष्ट्रमन्त्री एनपी साउदसँग माग गरेका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकमा सांसदहरूले देशमा आर्थिक मन्दी चलिरहेका बेला केही दिनअघि सरकारले सत्तारुढ दलका कार्यकर्तालाई राजदूत बनाउन पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि सांसदहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग जवाफ मागेका हुन् ।

“अर्थ मन्त्रालयले बजेट छैन भनेर राज्यको निकाय खारेज गर्ने काम गरेको छ । पछि राजदूतले म बस्ने कहाँ होला, कुर्सी कहाँ छ भन्ने स्थिति आउँछ कि आउँदैन ?  सांसद् महेश बर्तौलाले प्रश्न गरे ।

अर्का सांसद रमेशजंग रायमाझीले देशमा मन्दी रहेको बेला नयाँ दूतावास खोल्न हतार गर्न नहुने बताए । “सरकार देश मन्दीमा छ भन्छ । हामी दूतावास खोल्दै छौं । बजेटले भार थेग्छ कि थेग्दैन रु,” सांसद रायमाझीले परराष्ट्रमन्त्रीलाई प्रश्न गरे, “भइरहेका दूतावासको व्यवस्थापन गर्न सकिएको छैन, नयाँ खोलेर नेपालीले के पाउँछन् रु अहिले दूतावास खोल्न आवश्यक हो रु राज्यले बेहोर्न सक्छ कि सक्दैन रु अलि दिन पर्खिंदा के हुन्थ्यो ?

सांसद जगप्रसाद शर्माले पनि आर्थिक मन्दीको समयमा सरकारले नयाँ दूतावास खोल्ने निर्णय गर्न नहुने तर्क गरे । उनले भने, “अहिले हामी आर्थिक मन्दीको अवस्थामा छौं । यस्तो बेला नयाँ दूतावास खोल्न कसरी सम्भव भयो रु”

सांसद ईश्वरी घर्तीले सरकारको ध्यान दूतावासको संख्या बढाउनेतर्फ मात्र केन्द्रित भएको तर व्यवस्थापन गर्नेतर्फ नभएको आरोप लगाइन् । “सरकार सबै नेपाली पुगेको देशमा दूतावास होस् भन्ने चाहन्छ ।

सरकार दूतावासको संख्या बढाउनेतर्फ देखिन्छ । तर, कसरी राम्रो व्यवस्थापन गर्ने भन्ने देखिँदैन,” घर्तीले भनिन् । उनले नयाँ दूतावास खोल्नभन्दा पनि खाडी राष्ट्रमा रहेका दूतावासमा जनशक्ति थपेर सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न आग्रह गरिन् ।

सांसद जीवन परियारले कतपय देशमा नेपाली राजदूत बस्न गाह्रो रहेको बताए । उनले परराष्ट्रमन्त्री साउदलाई प्रश्न गरे, “कतिपय देशमा राजदूत बस्न गाह्रो छ । अन्य देशमा नयाँ दूतावास खोल्ने योजना छ कि रु के छ योजना रु”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu