ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादमा तानिए एनसेलका सीईओ जाब्बोर, सांसद भन्छन्– चलखेलका लागि बनाइएको थियो


एबीसी न्यूज
२४ मंसिर २०८०, आइतबार   १ : १८   बजे

काठमाडौं, २४ मंसिर ।  एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सीईओको भूमिका पनि विवादित देखिएको छ । मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर नेपालीमूलका व्यापारी सतिशलाल आचार्यको कम्पनीले किनेको छ ।

विदेशी कम्पनीको लगानी हुँदा दूरसञ्चार ऐनअनुसार करिब ६ वर्षपछि एनसेलको सेयर सरकारी स्वामित्वमा आउँथ्यो । त्यो कानुनी व्यवस्था छल्न नेपालीमूलका व्यापारीसँग मिलेमतोमा खरिद–बिक्री भएको भन्दै यो विषय विवादित बनेको छ ।

अर्बौं आम्दानी र नाफा रहेको कम्पनी ६ अर्ब ६६ करोड रुपैयाँमा मात्रै बिक्री हुनुमा चलखेलको आशंका गरिएको हो । खरिदकर्ता नेपालीमूलका व्यापारी आचार्यले यो खरिद झन्डै ५३ अर्बको भएको दाबी गरेका छन् ।

आजियाटाले समेत एक खर्ब ४४ अर्ब रुपैयाँमा किनेको कम्पनी कसरी निकै कम मूल्यमा बेच्न सक्छ भन्ने प्रश्न उठेको छ । त्यसैले कम्पनीलाई सरकारी स्वामित्वमा जान नदिन सेयर स्वामित्व रणनीति बदलिएको आशंका गरिएको छ ।

यसबीच, गत अप्रिलमा मात्रै एनसेलको सीईओ बनेका जाब्बोर कायुमोभ पनि यो खरिद बिक्री प्रकरणमा मुछिएका छन् । व्यापारी आचार्यसँग जाब्बोरको पुरानो सम्बन्ध रहेको र एनसेलको ८० प्रतिशत सेयर खरिद बिक्री प्रक्रियामा पनि भूमिका खेलाउन उनी सीईओ बनेको आरोप लागेको छ ।

जाब्बोरले टेलिया सोनेरा, हालको टेलिया कम्पनीमा काम गरेका थिए । उनीसँग भिम्पेलकम नाम परिवर्तन भएर हाल भीओन, ताजिकिस्तानको टिसेललगायत दूरसञ्चार क्षेत्रमा २० वर्ष काम गरेको अनुभव भएको भनिएको छ ।

जाब्बोरले सतिशलाल आचार्यको समेत लगानी रहेको स्मार्ट टेलिकममा समेत काम गरेका थिए । जाब्बोरले सन् २०१३ देखि सन् २०१६ सम्म साढे तीन वर्ष स्मार्ट टेलिकमको सीओओ र सीईओको रुपमा काम गरेका थिए ।

त्यसअघि सन् २०११ र सन् २०१२ मा करिब १ वर्ष ८ महिना उनले एनसेलमा पनि सीओओको रुपमा काम गरेको उनी आफैले आफ्नो सोसल मिडिया प्रोफाइलमा उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको बैठकमा सांसद डा। अमेरशकुमार सिंहले एनसेलको सेयर खरिद बिक्रीमा चलखेल गर्न सीईओ जाब्बोर कायुमोभलाई सतिशलाल आचार्यले सीईओ बनाएको दाबी प्रस्तुत गरेका थिए ।

आजियाटाबाट एनसेललाई फुत्काउन र सरकारको स्वामित्वमा आउन नदिन चलखेल भएको र त्यसमा आचार्यसँगै एनसेलका सीईओकोसमेत भूमिका रहेको सांसद सिंहको भनाइ छ ।

एनसेलको सीईओमा आउनुअघि जाब्बोर जमैकाको मोबाइल फोन नेटवर्क कम्पनी डीजीसेल ग्रुपको सीईओ थिए । यसअघि एनसेलमा यसै वर्षको मेसम्म एन्डी चोङ सीईओ थिए । आजियाटाले आफ्नो ग्रुप बाहिरको मान्छे जाब्बोरलाई सीईओको रुपमा भित्र्याउनुका पछाडि सतिशलाल आचार्यले कम्पनी किन्ने भएसँगै तय गरिएको आकलन गरिएको छ ।

यसरी पहिलेदेखि यो रणनीति बनेको र त्यहीअनुसार सीईओसमेत नियुक्त भएको विषयलाई आजियाटाले नै सतिशलाल आचार्यको स्पेक्ट्रलाइट युके लिमिटेडलाई कम्पनी बेचिसकेको घोषणा गरेपछि पुष्टि भएको छ ।

सतिशलाल आचार्य नेपालीमूलका नागरिक भएसँगै अब करिब ६ वर्षपछि एनसेलको लाइसेन्स सकिए पनि सरकारी स्वामित्वमा नआउन सक्छ । सरकारले गैरआवासीय नेपाली नागरिकलाई व्यवसायिक अधिकारका लागि नागरिकता प्रदान गरेको विषयले यो सम्भावना झन् बलियो बनाएको छ ।

सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले यो सबै योजना निकै पहिलेदेखि बन्दै आएको र त्यही अनुसार गैरआवासीयलाई नागरिकतासमेत प्रदान गरिएको आरोप समेत लगाएका छन् । सांसद सिंहले यो प्रकरणमा प्रमुख नेता र सरकारका उच्चपदस्थ व्यक्तिहरुको हात रेहेको दाबी गरेका छन् ।

उनले व्यापारी आचार्यले आफ्नो योजनाअनुरुप काम सफल पार्न एनसेलका सीईओ मात्रै नभएर अन्य कर्मचारीहरु समेत आफू अनुकूलका पदस्थापन गराएर भूमिका खेलाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group