ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु पक्राउ


ABC NEWS
२६ मंसिर २०८०, मंगलबार   ४ : ४६   बजे

काठमाडौं २६ मंसिर । नेपाल ख्रीस्टियन महासंघका निलम्बित अध्यक्ष चरीबाबु गहतराज ९सीबी० पक्राउ परेका छन्। क्रिश्चियन धर्मगुरु समेत रहेका उनले प्रयोग गर्दै आएको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी कुमोद ढुंगेलले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा उनलाई सिंहदरबार क्षेत्रबाट पक्राउ गरेको जानकारी दिए।

उनको शैक्षिक प्रमाणपत्र फर्जी भएको पुष्टि गर्दै त्रिभुवन विश्वविद्यालयले सूचना तथा प्रसारण विभागलाई पत्र पठाएको थियो।

ललितपुरको गोदावरीका गहतराजको शैक्षिक प्रमाणपत्र छानबिन माग गर्दै गत भदौ ३ गते उजुरी परेको थियो। त्यसपछि उनी विवादमा तानिएका थिए।

क्रिश्चियन धर्मप्रचारक उनले ‘महानअभियान’ नामको पत्रिका जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गर्दा स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको उजुरी परेको थियो।

पत्रिका दर्तापछि उनी सूचीकरणका लागि सूचना विभागमा पुगेका थिए। जहाँ उनको प्रमाणपत्र नक्कली भएको उजुरीपछि छानबिन थालेको विभागले त्रिविबाट कागजपत्र झिकाएको थियो।

समाजशास्त्रमा स्नातक गरेको भन्दै उनले पत्रिका दर्ताका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि पक्राउ गरिएको हो।

त्रिविले उनको रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४)सँग मेल खाने अभिलेख नभएको जवाफ सूचना विभागलाई दिएको थियो। गत भदौ २७ गते त्रिविले पठाएको पत्रमा ‘चरीबहादुर गहतराज, रजिष्ट्रेशन नम्बर (५–०१–१४–०२६–१९९४) को स्नातक डिग्रीको ट्रान्सक्रिप्ट, माइग्रेशन र प्रोभिजनल सर्टिफिकेट यस कार्यालयको रेकर्ड भिडाई हेर्दा मेल नखाएको’, जनाएको थियो।

चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसबाट वि।सं। २०५५ सालमा प्रथम श्रेणीमा उत्तीर्ण भएको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि विभागले कारबाही थालेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group