ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेताहरूले शेखर र गगनलाई भने, तपाईंहरूबीच दरार आउनु राम्रो होइन, मिल्नुस्


एबीसी न्यूज
२७ मंसिर २०८०, बुधबार   ३ : ४५   बजे

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहका नेताहरू नेतृत्वमा विवाद देखिएको भन्दै मिलेर अघि बढ्न सुझाएका छन्।

बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा जारी बैठकमा बोलेका नेताहरूले डा। शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच दरार आएको समाचार सुनेको भन्दै मिलेर अघि बढ्न दबाब दिएका हुन्।

बैठकमा बोलेका नेताहरूले दुवैजनाको नाम लिएर यदि मिलेर अघि नबढेमा संस्थापनले अझै पेल्न सक्नेतर्फ सचेत गराएका थिए।

केही समययता शेखर र गगनबीच मनमुटावको समाचार सार्वजनिक भएका थिए। त्यहीकारण गगन इत्तर समूहको बैठकमै आउन आनाकानी गरेका थिउ।

तर डा. कोइरालाले उनीसँग मंगलबार तीन घण्टा लामो वार्ता गरेपछि बुधबारको बैठकमा अधिकांश नेताहरू सहभागी छन्। गगन पनि ढिलोगरी उक्त बैठकमा सहभागी भए।

बैठकका क्रममा नेताहरूले यदि मिलेर अघि नबढ्ने हो भने समस्या हुने बताएपछि डा। कोइरालाले आफूहरूबीच बाहिर आए जस्तो कुनै समस्या नभएको स्पष्टीकरण दिए।

उनले गगनसँग अहिले पनि आफू सहकार्यमा रहेको बताउँदै समय समयमा छलफल पनि गरिरहेको जवाफ दिएका थिए। गगनसँग मंगलबार पनि लामो छलफल भएको उल्लेख गरेका उनले मिलेर जाने कुरामा कुनै समस्या नरहेको भने नेताहरूलाई आश्वस्त बनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group