ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव मनाइँदै


एबीसी न्यूज
१ पुस २०८०, आइतबार   ७ : ३४   बजे

काठमाडौ १ पौष । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा विवाह पञ्चमी धुमधामसँग मनाइँदैछ । रामजानकी विवाह पञ्चमी महोत्सवमा छिमेकी देश भारतबाट हजारौँ भक्तजन आइपुगेका छन् ।मङिसर २६ गतेदेखि शुरु भएको सप्ताहव्यापी महोत्सवले जनकपुरधाम उल्लासमय बनेको छ ।

हरेक वर्ष मंसिरशुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमीलाई नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धका रूपमा पनि लिइन्छ ।त्रेता युगमा मङ्सिरशुक्ल पञ्चमीका दिन अयोध्याबाट राजकुमार राम आएर मिथिलाको राजधानी जनकपुरधाममा राजकुमारी सीतालाई विवाह गरेको तिथि मानेर यो पर्व मनाउने गरिन्छ । विवाहोत्सवमा रामजानकी विवाहपञ्चमी महोत्सव, धनुष यज्ञ, तिलकोत्सव, मटकोर तथा धार्मिक विधि अनुसार पूजा गरी विधिवत्रूपमा विवाहपञ्चमी महोत्सव समापन गरिन्छ ।

हिजो जानकी मन्दिरबाट बाजगाजाकासाथ हजारौँ साधुसन्तसहित मैथिली महिलाको लावालस्करले जनकपुरधामको प्रसिद्ध गङ्गासागरबाट माटो निकालेर जानकी मन्दिर लगेका थिए । आज राम र सीताको डोला बीचमा स्वयंवर र राति जानकी मन्दिरको प्राङ्गणमा वैवाहिक कार्यक्रम हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जानकारी दिए।दुवै कार्यक्रमको तयारी पूरा भएको र भारतको अयोध्याबाट जन्तीका रूपमा आउने साधुसन्त र स्थानीय सबै क्षेत्रका व्यक्तिको सहभागिता रहने पनि उनले बताए।

विवाहोत्सवलाई यस वर्ष अन्नको आकृति बनाएर विशेष रूपमा मनाउन लागिएको छ ।जनकपुरधाममा पहिलो पटक अन्नबाट ११ हजार ११ वर्ग फिटको रामजानकीको प्रतिमा तयार पारिएको छ । रङ्गभूमि मैदान बाह्रबिघामा गएको सोमवारदेखि बनाउन शुरु गरिएको सीतारामको प्रतिमा अस्ति बेलुका सम्पन्न भएको थियो । प्रतिमा निर्माणमा ९५ क्विन्टल र ११ प्रकारका अन्न प्रयोग भएका छन् । प्रतिमा आज र भोलि पनि हेर्न पाइनेछ । जनकपुरधाममा आवश्यक सुरक्षाको व्यवस्थापन पनि मिलाइएको छ । विवाह पञ्चमीका लागि नेपालका विभिन्न ठाउँ र भारतको उत्तर प्रदेश र बिहार राज्यलगायतबाट नागरिक आउने गर्छन् । मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu