ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातमन्त्री- काठमाडौं उपत्यकामा अहिले खाल्डाखुल्डी छैनन्


एबीसी न्यूज
२ पुस २०८०, सोमबार   १ : ३७   बजे

काठमाडौं, २ पौष ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए ।

उनले तीन तहकै सकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको उनको भनाइ थियो ।

“तीन तहकै सरकारले एकआपसमा समन्वय, सहकार्य र सहअस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषि, खानेपानी, फोहोर व्यवस्थापन, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ ।

त्यसका लागि नेपाल सरकार तयार छ,” मन्त्री ज्वालाले भने, “काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिबद्ध छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group