ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रम फैलाएको आरोपमा चीनले गर्‍यो ३४ हजार अनलाइन बन्द, ६३ सय व्यक्तिलाई कारबाही


ABC NEWS
७ पुस २०८०, शनिबार   ५ : ३२   बजे

सांघाई ७ पुस । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ।

चिनियाँ प्रहरीले अप्रिलमा सुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागका रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाता बन्द गरेको छ भने ६ हजार ३०० भन्दा बढी व्यक्तिलाई त्यससँग सम्बन्धित अपराधमा कारबाही गरेको राज्यका विभिन्न सञ्चारमाध्यमले शुक्रबार उल्लेख गरेका छन्।

चिनियाँ इन्टरनेटलाई सत्तारुढ कम्युनिस्ट पार्टीले कडा नियन्त्रणमा राखेको छ। सामाजिक स्थायित्वको रक्षाको नाममा सामाजिक सञ्जालको व्यापक सेन्सरसिप गरिएको र प्रायः नकारात्मक कथन र आलोचनालाई दबाउन यसो गरिएको बताइन्छ।

प्रहरीले प्रहरी, महामारी, खतरा र प्रकोप जस्ता संवेदनशील विषयमा गलत जानकारी सम्प्रेषण गर्नेजस्ता अवैध र आपराधिक गतिविधिहरूमाथि कडा कारबाही गरेको राज्य प्रसारक सीसीटीभीले शुक्रबार उल्लेख गरेको छ।

‘अहिलेसम्म देशभरका सार्वजनिक सुरक्षा निकायले ४ हजार ८ सयभन्दा बढी अनलाइन अफवाहका घटनामा अनुसन्धान गरी अफवाह फैलाउने ६ हजार ३ सयभन्दा बढीलाई कानुनबमोजिम कारबाही गरेको छ। साथै ३४ हजार अवैध खाता बन्द गरेको पनि सीसीटीभीले जनाएको छ।

यसैबीच सीसीटीभीले अप्रिलमा क्लिन नेट अभियान सुरु भएदेखि नै प्रहरीले २७ हजार गलत सूचना मेटाएको र साइबर बुलिङका विषयमा ५०० भन्दा बढी सामाजिक खाता बन्द गरेको बताएको छ।

प्रहरीले सन् २०२४ लाई अनलाइन अफवाहविरुद्ध लड्न विशेष कार्यको वर्षका रूपमा तोकेको छ र त्यहीअनुसार कारबाही प्रक्रियलाई तीव्र पारेको छ।
रासस–एएफपी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रवासमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग

वाग्मतीमा एमालेका किरण थापाको मुख्यमन्त्री दाबीमा राप्रपाको असहमति

सम्बन्धित

इरानको चेतावनी : ‘अमेरिकी सेनालाई सहयोग गर्ने खाडी मुलुक अमेरिकाको हमलामा सहभागी मानिनेछ’

इरानको सैन्य भण्डार पुनःभर्न रुसले गोप्य मार्गबाट हतियार पठाउँदै

भारतमा ‘इनर्जी ड्रिंक’को लेबल हटाउने समयसीमा बढाउन उद्योगको माग अस्वीकार

रुसी सैन्य केन्द्रमा बेलायती ड्रोन प्रयोग भएको दाबी, बेलायतलाई ‘परिणाम भोग्नुपर्ने’ चेतावनी

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

उपचारका लागि इमरान खानलाई अस्पताल सार्न सर्वोच्च अदालतको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu